

नयाँ विकल्प,
ललितपुर । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले उपत्यकामा ३ भदौ देखि लगाएको निषेधआज्ञाले निरन्तरता पाए पनि त्यसको कुनै प्रवाह नगरी ललितपुरको पुल्चोकमा रथ यात्रा भएको छ ।
सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि कुनैपनि भेला गर्न, चाडपर्व, जात्रा मनाउन निषेध गरेको भए पनि ललितपुरको पाटनका स्थानीयले रातो मच्छिन्द्रनाथको रथजात्राको साइत यसपछि नरहेको भन्दै राथ तान्नको लागि सयौं स्थानीय सडकमा निस्किएका छन् ।
उपत्यकामा दैनिक सरदर साडे तीन सयमा कोभिड–१९ संक्रमण पुष्टि भइरहेको बेला बिहीबारदेखि रातो मच्छिन्द्रनाथको रथजात्रा शुरु भएको हो । रथ जात्रा निकाल्नको लागि स्थानीयहरुको भिड सडकमा निष्किएको छ ।
‘वर्षा र सहकाल’का देवता रातो मच्छिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल पक्ष प्रतिपदाका दिन शुरु भएर असार शुक्ल पक्ष चौथीसम्म मनाउने प्रचलन रहेको छ । तर यस वर्ष कोभिड १९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन आदेश जारी गरेपछि रथजात्रा निर्धारित साइतमा हुन सकेको थिए ।
साउन १० गते नागपञ्चमीको दिन दिउँसो १२ बजेको शुभ साइतमा रातो मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइएको थियो । रथमा राखिएको चार दिनपछि रथजात्रा शुरु गर्नुपर्छ ।
कोभिड–१९ संक्रमणको जोखिम कम नभएपछि रजथात्रा पनि रोकिएको थियो । जात्रा नभएपछि स्थानीयले दैनिक रथ विराजमान गराइएको ठाउँमा पुगेर पूजाआजा गर्दै आएका थिए ।

रातो मछिन्द्रनाथको रथ यात्रा नगर्न स्थानीयलाई प्रहरीले रोक्न खोजेपछि उनीहरु प्रदर्शनीमा उत्रिएका थिए । ण्रातो मछिन्द्रनाथको रथ तान्न खोज्ने स्थानीय र त्यसलाई रोक्न खोज्ने प्रहरीबीच पुल्चोकमा झडप समेत भएको थियो ।
निषेधाज्ञा उल्लंघन गर्दै युवाहरु बिहानैदेखि प्रदर्शनमा थिए । ११ बजेपछि उनीहरुले जबरजस्ती रथलाई घिच्याउँदै पुल्चोकको मुल सडकमा पुर्याएसँगै उनीहरुले संस्कृति मास्न नपाइने नारावाजी लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
दिउँसो १ बजेपछि अवस्था तनावपूर्ण बन्दै गएको थियो । प्रहरीको परिचालन बाक्लिँदै गएपछि युवाहरु आक्रमक देखिएका थिए । प्रहरीले वाटर क्यानन लिएर पुगेपछि प्रहरीमाथि ढुंगामुडा प्रहार भएको थियो । त्यसपछि प्रहरीले पानीको फोहराले हानेको थियो ।
प्रहरी र स्थानीयबीच बारम्बार झडप भएपछि शसस्त्र प्रहरी परिचालन गरिएको छ ।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...