एउटै व्यक्तिकाे स्वाब परिक्षण रिपोर्ट कहिले नेगेटिभ कहिले पाेजेटिभ – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper
निजी अस्पतालले परिक्षण गरेकाे पिसिआर रिपोर्ट स्वास्थ्य मन्त्रालयकाे कब्जामा!

एउटै व्यक्तिकाे स्वाब परिक्षण रिपोर्ट कहिले नेगेटिभ कहिले पाेजेटिभ



नयाँ विकल्प,


काठमाडौं–तपाई के सरकारी स्वामित्वको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोनाको (पिसिआर) परिक्षण गदैं हुनुहुन्छ ?

त्यसो भए परिक्षण चै गर्नु होला तर रिपोर्टको भर नपर्नु नी ! तपाई नयाँ झमेलामा फस्नुहोला नी ! स्वास्थ्य मन्त्रालय मातहतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले तपाईको परिक्षण नेगेटिभ भने पनि केही बेरमै पोजेटिभ हाे भन्नसक्छ ।

सरकारी संस्थाको भर गरेर पिसिआर परिक्षण गरेका नागार्जुन नगरपालिकाका प्रमुखसहित एक सय वढी सर्वसाधारण यतिवेला पिसिअार रिपाेर्टकाे झमेला र तनावमा छन् ।



गत शुक्रबार नागार्जुन नगरपालिकाले स्वास्थ्य मन्त्रालयको समन्वयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला विज्ञ टोलिबाट ९० जनाको पिसिआर परिक्षण गरेको थियो ।

कोरोना संक्रमण नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र सहयोगीको परिक्षण गरियो । आईतवार दिउँसो पौने दुइ बजे प्रयोगशालाले परिक्षण गरिएका सबैजनाकाे रिपोर्ट नेगेटिभ पठायो ।

कोरोना महामारीको विचमा खटिएका उनिहरु संक्रमित नदेखिएछि नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले नगरपालिकाकाे ६ नम्वर वडाध्यक्ष राजेन्द्र बुढाथोकी सहित सबैले खुसी साटासाट गरे ।

उनिहरुको खुसी लामो समय टिक्न सकेन । मंगलबार बेलुका ६ बजे प्रयोगशालाले वडाध्यक्ष राजेन्द्र बुढाथोकी लगायत केही ब्याक्तिको पिसिआर रिपोर्ट पुनः पोजेटिभ भएकाे पठायो र प्रयोगशालाले फोनबाट समेत पोजेटिभ भएको जानकारी गरायो।

नयाँ विकल्पसंग कुरा गदैं नागार्जुन नगरपालिकाका मेयर बस्नेत गुनासो गर्छन “सरकारी प्रयोगशालामा पिसिआर परिक्षण विश्वसनिय ठानेर गरियो । तर ३० घन्टामा एउटै स्वावबाट दुईवटा रिपोर्ट आएपछि हामीमा त्राश बढेको छ । काठमाडौंका हामी जनप्रतिनिधिको त यस्तो अवस्था छ भने दुर दराजका जनताको अवस्था के होला ? यसको जिम्मेवारी कसले लिने ?”

गत आईतबार प्रयोगशालाले पठाएको पिसिआर रिपोर्ट नेगेटिभ दिएपछि सोमबार विहान नगरपालिकाकाे वडा नम्वर ६ मा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । संक्रमणका बेला रगत अभाव नहोस भनेर गरिएको सो कार्यक्रममा एकसय बढी सहभागी थिए ।

उक्त कार्यक्रममा जाँदा मेयर बस्तेत वडाध्यक्ष बुढाथोकीको मोटरसाईकलमा बसेर गए । उपमेयर शुशिला अधिकारी नेविसंघका पूर्वमहामन्त्री मनोजमणी आचार्य, प्रेस युनियनका पूर्वमहासचिव शिव लम्साल, सचिव खिला कार्की, शिक्षक दुर्गा गाैतम लगायत सहभागी थिए ।

निजी अस्पतालको रिपोर्ट मन्त्रालयको कब्जामा

स्वास्थ्य मन्त्रालय मातहतको राष्ट्रिय जनस्वास्थ प्रयोगशालाको लापरवार्हीका कारण दुईखाले रिपोर्ट आएपछि तनावमा परेका प्रमुख बस्नेत र वडाध्यक्ष बुढाथोकीले निजी अस्पतालमा पुनः परिक्षण गरे तर त्यो रिपोर्ट मन्त्रालयले कब्जामा लिएर पीडितलाई गुमराहमा राख्दै झन पीडा थप्ने काम गरेको छ ।

नगरप्रमुख बस्नेत र बुढाथोकीले फास्ट ट्रयाकबाट परिक्षण गर्ने र ६ घन्टामै रिपोर्ट दिने दावी गर्ने सानेपास्थित स्टार अस्पतालमा पुनः परिक्षण गराए । ६ घन्टा भित्र दिनुपर्ने रिपोर्ट स्टार अस्पतालले दोस्रो दिनसम्म पनि दिएको छैन् ।

यसबारे नयाँ विकल्पले स्टार अस्पतालमा बझ्दा उक्त रिपोर्ट मन्त्रालयमा बुझाई सकिएको जानकारी दियाे । बुढाथोकीको सम्पर्कमा रहेका मेयर बस्नेतमा यतिवेला स्वास्थ्य समस्या देखिएको छ । सामान्य ज्वरो, रुवाखोकी र शरिर दुख्ने समस्या देखिएपछि बस्नेत घरमा आराम गरिरहेका छन् ।

मेयर बस्नेत प्रश्न गर्छन “नत स्टार अस्पतालले रिपोर्ट दिन्छ ? नत मन्त्रालयले नै यसवारे जानकारी दिन्छ । निजी अस्पतालमा पैसा तिरेर गरेको परिक्षणको रिपोर्ट लिन मन्त्रालय कसरी जाने ? यस्तो पीडा सहेर कसरी बस्नु ? ”

सानेपास्थित स्टार अस्पतालका अनुसार कुनैपनि ब्यात्तिको स्वाव रिपोर्ट ६ देखि बढिमा १२ घन्टा भित्र अस्पतालले उपलब्ध गराउने गरेको छ । स्वाचालित मेसिनबाट समयमै विश्वसनिय रिपोर्ट दिने दावी गरेको स्टार अस्पतालले कोरोना पोजेटिभ देखिएमा भने सिधै ब्यात्तिलाई रिपोर्ट दिन नमिल्ने बताउँछ ।

अस्पतालका मनिकुलर प्रयोगशाला प्रमुख गोविन्द पौडेलले कोरोना संक्रमण (पिसिआर) रिपोर्ट पोजेटिभ आएमा सिधै रिपोर्ट दिन नमिल्ने बताउँछन् । पौडेलका अनुसार स्वास्थ्य मन्त्रालयले पोजेटिभको रिपोर्ट गोप्य रुपमा मन्त्रालय पठाउनु पर्ने निर्देशिका नै जारी गरेकोले संक्रमित ब्याक्तिले रिपोर्ट ढिलो पाउने गरेको छ ।

सम्बन्धित समाचार

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ भाद्र १८, १६: ४३

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ भाद्र १८, १६: ४३

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...

त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
  • २०७७ भाद्र १८, १६: ४३

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...