श्रीलंकामा आँधीबाट १५९ जनाको मृत्यु,ठूलो विनाश – Naya Bikalpa
August 1, 2026, Saturday      Epaper

श्रीलंकामा आँधीबाट १५९ जनाको मृत्यु,ठूलो विनाश

काठमाडौं । श्रीलंकामा ‘दित्वा’ आँधीबाट १५९ जनाको मृत्यु भएको विभागका महानिर्देशक सम्पत कुतोवेगोदाले भएका बताएका छन् ।आँधीपछिको विपद्‌मा १२० हजारभन्दा बढी घर नष्ट भएको छ । उक्त आँधीमा करिव २ सय भन्दा बढी हराइरहेको बताइएको छ ।
एक लाखभन्दा बढी मानिसलाई सरकारी अस्थायी शिविरहरूमा राखिएको देशको विपद् व्यवस्थापन विभागले जनाएको छ ।विभागका महानिर्देशक सम्पत कुतोवेगोदाले  राहत तथा उद्धार कार्यमा स्थल, वायु र नौसेनाको पनि मद्दत लिइएको  उल्लेख गरे ।

मध्य श्रीलंकास्थित बादुला जिल्लामा सडकबाट पुग्न असम्भव भएका कारण धेरै ठाउँको अवस्था अस्तव्यस्त छ । गाउँसम्म राहत सामग्री पुर्‍याउन समस्या भइरहेको जनाइएको छ ।सबैभन्दा बढी प्रभावित गाउँमा मानिस मन्दिर र घरमा शरण लिएर बसिरहेका छन् ।भूस्खलनका कारण सडक भत्किएकाले त्यहाँ बाहिरी मानिस पुग्न सकेका छैनन् । खाना र पिउने पानीको पनि समस्या भएको छ ।

देशको एकतिहाइ हिस्सामा बिजुली र पानीको अभाव भएको अधिकारीहरूले बताएका छन् । धेरै इलाकामा इन्टरनेट सेवा पनि अवरुद्ध छ । कोलम्बोबाट पूर्वतर्फ ११५ किलोमिटर टाढा क्यान्डीमा भूस्खलन भएको छ । सडक भत्किएको छ । धेरै इलाकामा जान सम्भव छैन ।

सम्बन्धित समाचार

जापानको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुग्यो, उद्धार कार्य जारी
जापानको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुग्यो, उद्धार कार्य जारी
  • २०८२ मंसिर १४, १२: ११

काठमाडौं । जापानको दक्षिणपश्चिम क्षेत्रमा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ। कुमामोटो प्रान्तीय सरकारले शुक्रबार सार्वजनिक गरेको...

दक्षिण जापानमा ७.१ म्याग्निच्युडको भूकम्प
दक्षिण जापानमा ७.१ म्याग्निच्युडको भूकम्प
  • २०८२ मंसिर १४, १२: ११

काठमाडौँ । दक्षिण जापानमा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि व्यापक त्रास फैलिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पका कारण कुमामोटोस्थित...

डीआर कंगोमा इबोला महामारी भयावह, मृतक संख्या १,३०९ नाघ्यो
डीआर कंगोमा इबोला महामारी भयावह, मृतक संख्या १,३०९ नाघ्यो
  • २०८२ मंसिर १४, १२: ११

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगोमा फैलिएको इबोला महामारी झन् भयावह बन्दै गएको छ। महामारीका कारण मृत्यु हुनेको संख्या एक हजार...