यस वर्ष जापानिज इन्सेफ्लाइटिसबाट ३५ जनाको मृत्यु – Naya Bikalpa
January 15, 2026, Thursday      Epaper

यस वर्ष जापानिज इन्सेफ्लाइटिसबाट ३५ जनाको मृत्यु

काठमाडौं।जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको छ।स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार १७९ जनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण भएको थियो।

यस वर्ष जापानिज इन्सेफ्लाइटिसका एक हजार ७३९ शङ्कास्पद बिरामीको परीक्षण गरिएको उनले बताए। जापानिज इन्सेफ्लाइटिस् सङ्क्रमण एक पटक भएपछि अर्को पटक नभए पनि शङ्कास्पद बिरामीलाई भने अर्को पटक जापानिज इन्सेफ्लाइटिस हुन सक्ने उनको भनाइ छ।

गत वर्ष सन् २०२४ मा २५ जनाको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको थिए। उनले बर्सेनि जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको बताए। जापानिज इन्सेफ्लाइटिस्बाट २८ जिल्ला उच्च जोखिममा छन्।

मृत्यु हुने अधिकांश ४० वर्ष माथिका छन्। उनले मृत्यु भएकामध्ये नौ प्रतिशतले खोप लगाएको तथा अन्यले खोप नलगाएको पाइएको बताए। गौतमले चिसो बढेकोले अब भने जापानिज इन्सेफ्लाइटिस सङ्क्रमण कम हुने बताएयो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिन्छ। नेपालमा ८२ प्रतिशत बालबालिकालाई जापानिज इन्सेफ्लाइटिस्विरुद्धको खोप लगाइएको छ।

जापानिज इन्सेफ्लाइटिस ‘क्युलेक्स’ प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो। यो लामखुट्टे साँझपख तथा झिसमिसे बिहानीको समयमा बढी सक्रिय हुने गर्दछ।

सम्बन्धित समाचार

शिक्षण अस्पतालले माघ १ गतेबाट स्वास्थ्य बीमाबाट हुने उपचार रोक्ने
शिक्षण अस्पतालले माघ १ गतेबाट स्वास्थ्य बीमाबाट हुने उपचार रोक्ने
  • २०८२ पुष ८, १६: १६

काठमाडौं । मुलुककै प्रमुख सरकारी स्वास्थ्य संस्था त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले स्वास्थ्य बीमा कार्यक्रमबाट बाहिरिने निर्णय गरेको...

आज विश्व मधुमेह दिवसः विभिन्न कार्यक्रमको आयोजनागरी मनाइँदै
आज विश्व मधुमेह दिवसः विभिन्न कार्यक्रमको आयोजनागरी मनाइँदै
  • २०८२ पुष ८, १६: १६

काठमाडौं । आज विश्व मधुमेह दिवस । विभिन्न कार्यक्रमको आयोजनागरी आज विश्वभर मधुमेह दिवस मनाईँदै छ । विश्व स्वास्थ्य संगठनको आव्हानमा...

आज ‘विश्व निमोनिया दिवस’ मनाइँदै
आज ‘विश्व निमोनिया दिवस’ मनाइँदै
  • २०८२ पुष ८, १६: १६

काठमाडौँ । आज विश्व निमोनिया दिवस मनाइँदैछ । निमोनियाबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले सन् २००९ देखि नोभेम्बर १२ तारिकका दिन...