
नयाँ विकल्प
काठमाडाैं- काेराेना संक्रमणका कारण गत बैशाख देखि सुरू हुनुपर्ने शैक्षिक सत्र भदाैंकाे अन्तिम समयसम्म सुरू हुन सकेकाे छैन ।हिमाली जिल्लामा त अव शैक्षिक सत्र सकिन दुइ महिना मात्र बाँकी छ ।
हिमाली जिल्लाका मुस्ताङ, मनाङ, डोल्पा, हुम्ला र मुगुमा शैक्षिक सत्र सकिन अब २ महिना बाँकी छ । यी जिल्लामा चिशाे माैसम बढने कारण मंसिरमा परिक्षा सकिसक्नु पर्छ तिन महिना हिउंले ढाक्ने कारण यी पाँचवटा जिल्लामा फागुनमा शुरू भएकाे शैक्षिकसत्र मंसिरकाे भित्र सक्ने गरिएकाे छ ।
सरकारले भदौभरि विद्यार्थी भर्ना गर्न नपाउने निर्णय गरिसकेको छ । याे नियम हिमाली जिल्लामा समेत लागु हुन्छ । काेराेना संक्रमणका कारण देशमा लक डाउन सुरू भएसंगै याे बर्षकाे शैक्षिकशत्र सुरू हुन पाएकाे छैन् ।
जसका कारण विद्यालय तहमा मात्रै अध्यानरत ९० लाखभन्दा बढी विद्यार्थीको पढाई प्रभावित बनेको छ । हिमाली जिल्लाहरूमा पढाइ सुरु भएलगत्तै लकडाउन सुरु भएकाे थियाे । राष्ट्रिय जनगणना- २०६८ अनुसार नेपालको औसत साक्षरता दर ६५.९ प्रतिशत हो ।शैक्षिक सत्र सकिन दुई महिना मात्रै बाँकी रहेका पाँचमध्ये मनाङ बाहेक सबै जिल्लाको साक्षरता दर देशको समग्र साक्षरता दर भन्दा कम छ ।
डोल्पाको ५४.१५ प्रतिशत, जुम्लाको ५४.६६ प्रतिशत, मुगुको ५१.२५ प्रतिशत र हुम्लाको साक्षरता दर ४७.८ प्रतिशत छ । हुम्लाको साक्षरता देश देशभरका जिल्लामध्ये सबभन्दा न्यून हो । २४ सामुदायिक र एउटा निजी विद्यालय रहेको यो जिल्लाको महिला साक्षरता दर त जम्मा ३३ प्रतिशत छ ।
साक्षरता दर न्यून भएका जिल्लामा वैकल्पिक अध्ययनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पहल कुनै पहल गरेकाे छैन । ती स्थानमा इन्टरनेट त परकाे कुरा रेडियो, टेलिभिजन टेलिफोनको समेत पहुच पुगेकाे छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म मुगुमा १३, डोल्पामा ६, हुम्ला र मनाङमा ५-५ तथा मुस्ताङमा एकजना कोरोना संक्रमित देखिएका छन् । यी जिल्लामध्ये मुस्ताङ, डोल्पा, हुम्ला र मुगु संक्रमणमुक्त जिल्ला हुन् ।
मनाङको कुल ५ संक्रमितमध्ये तीनजना निको भइसकेका छन् । अर्थात् मंसिरमा शैक्षिक सत्रको अन्तिम परीक्षा हुने जिल्लाहरूमध्ये मनाङमा २ जना संक्रमित छन् । दुबै संक्रमित आइसोलेसनमा राखिएकाे छ । मन्त्रालयका तथ्याङक अनुसार मुगुमा २२ हजार ३९०, हुम्लामा २१ हजार १०५, डोल्पामा १२ हजार ५४८, मुस्ताङमा ३ हजार ४४२ र मनाङमा ८०० विद्यार्थी भर्ना भएका थिए ।
संक्रमितकाे संख्या न्युन भएपनि सरकारी निर्णयका कारण हिमाली जिल्लामा समेत पढाइ सुरू हुन सकेकाे छैन् । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले भने स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर भदौ दोस्रो सातादेखि पढाइ सुरु गरेको छ ।
विद्यार्थी संक्रमणकाे डरले विद्यार्थी मात्र हैन स्वयंम स्कुलका शिक्षक समेत स्कुल आएका छैनन् । मुगुमा केहि गैरसरकारी सस्थाले गत साउनदेखि दैनिक तीन घण्टा पढाइ सुरू गेका छन् ।
विद्यार्थीकाे संख्या सिमित गरि सामाजिक दुरी कायम गर्दै अनिवार्य मास्क लगाएर पढाइ सञ्चालन गरिएकाे छ ।
जिल्ला बाहिरका शिक्षकहरू हुँदा पनि कोरोनाका बेला कक्षा सञ्चालन गर्न कठिन भएकाे छ । मुस्ताङमा कक्षा १-५ सम्मका ४० प्रतिशत र ६ कक्षा भन्दामाथिका ९० प्रतिशत शिक्षक जिल्ला बाहिरका छन् ।
कक्षा १० सम्मको शैक्षिक सत्र पाँच हिमाली जिल्लामा फागुन र बाँकी जिल्लामा बैशाखमा सुरु हुन्छ । त्यस्तै कक्षा ११-१२ को नयाँ सत्र साउनमा मात्रै सुरु हुन्छ । शिक्षाविदहरूले देशभर विद्यालय तहको शैक्षिक सत्र साउन-भदौबाट सुरु गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...
काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...