हिमाली जिल्लाकाे शैक्षिकसत्र सकिन दुइ महिना बाँकी, ९० लाख बढी स्कुलका विद्यार्थीकाे पढाइ प्रभावित – Naya Bikalpa
September 4, 2026, Friday      Epaper

हिमाली जिल्लाकाे शैक्षिकसत्र सकिन दुइ महिना बाँकी, ९० लाख बढी स्कुलका विद्यार्थीकाे पढाइ प्रभावित


नयाँ विकल्प
काठमाडाैं- काेराेना संक्रमणका कारण गत बैशाख देखि सुरू हुनुपर्ने शैक्षिक सत्र भदाैंकाे अन्तिम समयसम्म सुरू हुन सकेकाे छैन ।हिमाली जिल्लामा त अव शैक्षिक सत्र  सकिन दुइ महिना मात्र बाँकी छ ।


हिमाली जिल्लाका मुस्ताङ, मनाङ, डोल्पा, हुम्ला र मुगुमा शैक्षिक सत्र सकिन अब २ महिना बाँकी छ । यी जिल्लामा चिशाे माैसम बढने कारण मंसिरमा परिक्षा सकिसक्नु पर्छ  तिन महिना हिउंले ढाक्ने कारण  यी पाँचवटा जिल्लामा फागुनमा शुरू भएकाे शैक्षिकसत्र मंसिरकाे भित्र सक्ने गरिएकाे छ ।

 सरकारले  भदौभरि विद्यार्थी भर्ना गर्न नपाउने निर्णय गरिसकेको छ । याे नियम हिमाली जिल्लामा समेत लागु हुन्छ । काेराेना संक्रमणका कारण देशमा लक डाउन सुरू भएसंगै याे बर्षकाे शैक्षिकशत्र  सुरू हुन पाएकाे छैन् ।

जसका कारण विद्यालय तहमा मात्रै अध्यानरत  ९० लाखभन्दा बढी विद्यार्थीको पढाई प्रभावित बनेको छ । हिमाली जिल्लाहरूमा पढाइ सुरु भएलगत्तै लकडाउन सुरु भएकाे थियाे । राष्ट्रिय जनगणना- २०६८ अनुसार नेपालको औसत साक्षरता दर ६५.९ प्रतिशत हो ।शैक्षिक सत्र सकिन दुई महिना मात्रै बाँकी रहेका पाँचमध्ये मनाङ बाहेक सबै जिल्लाको साक्षरता दर देशको समग्र साक्षरता दर भन्दा कम छ ।


डोल्पाको ५४.१५ प्रतिशत, जुम्लाको ५४.६६ प्रतिशत, मुगुको ५१.२५ प्रतिशत र हुम्लाको साक्षरता दर ४७.८ प्रतिशत छ । हुम्लाको साक्षरता देश देशभरका जिल्लामध्ये सबभन्दा न्यून हो । २४ सामुदायिक र एउटा निजी विद्यालय रहेको यो जिल्लाको महिला साक्षरता दर त जम्मा ३३ प्रतिशत छ ।

साक्षरता दर न्यून भएका जिल्लामा वैकल्पिक अध्ययनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पहल  कुनै पहल गरेकाे छैन । ती स्थानमा  इन्टरनेट त परकाे कुरा  रेडियो, टेलिभिजन  टेलिफोनको समेत पहुच पुगेकाे छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म मुगुमा १३, डोल्पामा ६, हुम्ला र मनाङमा ५-५ तथा मुस्ताङमा एकजना कोरोना संक्रमित देखिएका छन् ।   यी जिल्लामध्ये मुस्ताङ, डोल्पा, हुम्ला र मुगु संक्रमणमुक्त जिल्ला हुन् ।

मनाङको कुल ५ संक्रमितमध्ये तीनजना निको भइसकेका छन् । अर्थात् मंसिरमा शैक्षिक सत्रको अन्तिम परीक्षा हुने जिल्लाहरूमध्ये मनाङमा २ जना संक्रमित छन् । दुबै संक्रमित आइसोलेसनमा  राखिएकाे छ ।  मन्त्रालयका तथ्याङक  अनुसार मुगुमा २२ हजार ३९०, हुम्लामा २१ हजार १०५, डोल्पामा १२ हजार ५४८, मुस्ताङमा ३ हजार ४४२ र मनाङमा ८०० विद्यार्थी भर्ना भएका थिए ।

संक्रमितकाे संख्या न्युन भएपनि सरकारी निर्णयका कारण हिमाली जिल्लामा समेत पढाइ सुरू हुन सकेकाे छैन् । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले भने स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर भदौ दोस्रो सातादेखि पढाइ सुरु गरेको छ ।

 विद्यार्थी   संक्रमणकाे डरले विद्यार्थी मात्र हैन स्वयंम स्कुलका शिक्षक समेत  स्कुल आएका छैनन् ।  मुगुमा  केहि गैरसरकारी सस्थाले गत साउनदेखि दैनिक तीन घण्टा पढाइ सुरू गेका छन् ।
 विद्यार्थीकाे संख्या सिमित गरि  सामाजिक दुरी कायम गर्दै अनिवार्य  मास्क लगाएर  पढाइ सञ्चालन गरिएकाे छ ।

जिल्ला बाहिरका शिक्षकहरू हुँदा पनि कोरोनाका बेला कक्षा सञ्चालन गर्न कठिन भएकाे छ । मुस्ताङमा कक्षा १-५ सम्मका ४० प्रतिशत र ६ कक्षा भन्दामाथिका ९० प्रतिशत शिक्षक जिल्ला बाहिरका छन् ।

  कक्षा १० सम्मको शैक्षिक सत्र पाँच हिमाली जिल्लामा फागुन र बाँकी जिल्लामा बैशाखमा सुरु हुन्छ । त्यस्तै कक्षा ११-१२ को नयाँ सत्र साउनमा मात्रै सुरु हुन्छ । शिक्षाविदहरूले देशभर विद्यालय तहको शैक्षिक सत्र साउन-भदौबाट सुरु गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

सम्बन्धित समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
  • २०७७ भाद्र २१, १३: ४०

काठमाडौं : चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ । उद्धार तथा विपद् राहत प्रयासका लागि...

कोरलाबाट भित्रिएका सामान चोभारमै जाँचपास गर्न सकिने
कोरलाबाट भित्रिएका सामान चोभारमै जाँचपास गर्न सकिने
  • २०७७ भाद्र २१, १३: ४०

काठमाडौँ : चीनसँगको कोरला नाकाबाट भित्रिएका वस्तुको भन्सार जाँचपास अब काठमाडौँस्थित चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट गर्न सकिने भएको छ...

भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
  • २०७७ भाद्र २१, १३: ४०

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा गएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित...