भेनेजुएलाकी उपराष्ट्रपतिद्वारा राष्ट्रपति मादुरो दम्पतीको जीवित रहेको प्रमाण माग – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper

भेनेजुएलाकी उपराष्ट्रपतिद्वारा राष्ट्रपति मादुरो दम्पतीको जीवित रहेको प्रमाण माग

काठमाडौं : भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्जले राष्ट्रपति निकोलस मादुरोको अवस्था अज्ञात रहेको बताएकी छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मादुरोलाई पत्नीका साथ पक्राउ गरी देशबाहिर लगिएको दाबी गरेपछि उनले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

रोड्रिग्जका अनुसार सरकारसँग राष्ट्रपति मादुरो र फर्स्ट लेडी सीलिया फ्लोरेसबारे कुनै आधिकारिक जानकारी छैन । बीबीसीका अनुसार उनले मादुरो जीवित रहेको प्रमाण मागेकी छन् ।

यसअघि ट्रम्पले ट्रुथ सोशलमार्फत अमेरिकाले भेनेजुएलामाथि ठूलो आक्रमण गरी मादुरोलाई पक्राउ गरेको दाबी गरेका थिए । कारकासमा आक्रमणपछि मादुरोले राष्ट्रिय संकटकाल घोषणा गर्दै अमेरिकी सैन्य हस्तक्षेपको निन्दा गरेका थिए ।

सम्बन्धित समाचार

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
  • २०८२ पुष १९, १९: २८

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग मुलुकका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिका बारेमा जानकारी लिएका...

धार्मिक सहिष्णुता कायम राख्न नेपाल पत्रकार महासंघको अपिल, हिंसात्मक घटनाप्रति चिन्ता
धार्मिक सहिष्णुता कायम राख्न नेपाल पत्रकार महासंघको अपिल, हिंसात्मक घटनाप्रति चिन्ता
  • २०८२ पुष १९, १९: २८

काठमाडौं : नेपाल पत्रकार महासंघले देशका विभिन्न स्थानमा पछिल्लो समय देखिएका प्रदर्शन र झडपप्रति गम्भीर चिन्ता व्यक्त गर्दै धार्मिक सहिष्णुता,...

राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन- अफवाह नफैलाऔं, सामाजिक सद्भाव जोगाऔं
राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन- अफवाह नफैलाऔं, सामाजिक सद्भाव जोगाऔं
  • २०८२ पुष १९, १९: २८

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगन्ज, सिरहालगायतका क्षेत्रमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावपूर्ण अवस्थाप्रति सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील...