भेनेजुएलाकी उपराष्ट्रपतिद्वारा राष्ट्रपति मादुरो दम्पतीको जीवित रहेको प्रमाण माग – Naya Bikalpa
January 15, 2026, Thursday      Epaper

भेनेजुएलाकी उपराष्ट्रपतिद्वारा राष्ट्रपति मादुरो दम्पतीको जीवित रहेको प्रमाण माग

काठमाडौं : भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्जले राष्ट्रपति निकोलस मादुरोको अवस्था अज्ञात रहेको बताएकी छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मादुरोलाई पत्नीका साथ पक्राउ गरी देशबाहिर लगिएको दाबी गरेपछि उनले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

रोड्रिग्जका अनुसार सरकारसँग राष्ट्रपति मादुरो र फर्स्ट लेडी सीलिया फ्लोरेसबारे कुनै आधिकारिक जानकारी छैन । बीबीसीका अनुसार उनले मादुरो जीवित रहेको प्रमाण मागेकी छन् ।

यसअघि ट्रम्पले ट्रुथ सोशलमार्फत अमेरिकाले भेनेजुएलामाथि ठूलो आक्रमण गरी मादुरोलाई पक्राउ गरेको दाबी गरेका थिए । कारकासमा आक्रमणपछि मादुरोले राष्ट्रिय संकटकाल घोषणा गर्दै अमेरिकी सैन्य हस्तक्षेपको निन्दा गरेका थिए ।

सम्बन्धित समाचार

आज माघे संक्रान्ति पर्व मनाईंदै
आज माघे संक्रान्ति पर्व मनाईंदै
  • २०८२ पुष १९, १९: २८

काठमाडौं । आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट...

आज माघे संक्रान्ति पर्व मनाइँदै
आज माघे संक्रान्ति पर्व मनाइँदै
  • २०८२ पुष १९, १९: २८

काठमाडौं : आज मकर अर्थात माघे सकराती पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ...

कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन
कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन
  • २०८२ पुष १९, १९: २८

काठमाडौं : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ । भृकुटीमण्डमा पुस २७...