भेनेजुयलामा अन्तरिम राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति रोड्रिगेजलाई – Naya Bikalpa
January 15, 2026, Thursday      Epaper

भेनेजुयलामा अन्तरिम राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति रोड्रिगेजलाई

काठमाडौं।भेनेजुएलाको सर्वोच्च अदालतले राष्ट्रपति निकोलस मादुरोको अनुपस्थितिमा उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अन्तरिम राष्ट्रपतिको रूपमा कार्यभार सम्हाल्नुपर्ने फैसला गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार, यसअघि भेनेजुएलाको उच्च अदालतले डेल्सी रोड्रिगेजलाई यो जिम्मेवारी सुम्पनु प्रशासनिक निरन्तरता कायम राख्न र देशको सुरक्षा सुनिश्चित गर्नु आवश्यक रहेको बताएको थियो ।
देशको निरन्तरता, सरकारको कार्यप्रणाली र सार्वभौमसत्ताको रक्षा गर्न राष्ट्रपतिको अनुपस्थितिको अवस्थामा कस्तो कानुनी रूपरेखा लागु हुन्छ भनेर निर्धारण गर्न अदालतले यस विषयमा थप विचार विमर्श गर्ने पनि बताएको छ ।

अमेरिकाले भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई आफ्नो देश लगेको छ ।

सम्बन्धित समाचार

थाइल्याण्डमा गुडिरहेको रेलमा क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु
थाइल्याण्डमा गुडिरहेको रेलमा क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु
  • २०८२ पुष २०, १२: ०२

काठमाडौँ : बैंककबाट थाइल्याण्डको उत्तर-पूर्वतर्फ जाँदै गरेको रेलमा निर्माणाधीन क्रेन खसेपछि रेल दुर्घटनाग्रस्त भएको छ । थाइल्याण्डको उत्तर(पूर्वी क्षेत्रमा एउटा...

इरानसँग व्यापार गर्ने देशलाई २५ प्रतिशत भन्सार लगाउने ट्रम्पको घोषणा
इरानसँग व्यापार गर्ने देशलाई २५ प्रतिशत भन्सार लगाउने ट्रम्पको घोषणा
  • २०८२ पुष २०, १२: ०२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूबाट अमेरिकामा आयात हुने सबै सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका...

इरानमा ५४३ प्रदर्शनकारीको मृत्यु, अमेरिकाले आक्रमण गरे इरानको जवाफी कारबाही गर्ने चेतावनी
इरानमा ५४३ प्रदर्शनकारीको मृत्यु, अमेरिकाले आक्रमण गरे इरानको जवाफी कारबाही गर्ने चेतावनी
  • २०८२ पुष २०, १२: ०२

काठमाडौं । इरान सरकारले प्रदर्शनकारीमाथि गरिरहेको दमन तीव्र बन्दै गएसँगै सयौँको मृत्यु भएको रिपोर्ट सार्वजनिक भएको छ । यसैबीच, इरानले अमेरिकाले...