पत्रकार कार्कीमाथि प्रहरी अस्पतालका शिक्षकद्वारा निर्घात कुटपिट – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

पत्रकार कार्कीमाथि प्रहरी अस्पतालका शिक्षकद्वारा निर्घात कुटपिट

घाइते पत्रकार राजाराम कार्की


नयाँ विकल्प,
काठमाडौं – नेपाल प्रेस युनियनक केन्द्रीय सदस्य तथा राष्ट्रिय समाचार समितिको वरिष्ठ समाचारदाता राजाराम कार्कीलाई नेपाल प्रहरी स्कुुल साँगामा शिक्षकका रुपमा कार्यरत उद्धव कार्कीले आइतबार बनेपाको बसपार्कस्थित एक पशल अगाडि निर्घात कुटपिट गरेका छन् ।

सूर्यविनायक नगरपालिका १० नम्वर वडा निवासी उद्धव कार्कीले पत्रकार राजारामलाई चामुण्डा हार्डवेयरमा घरायसी सामान किनिरहेको बेला पछाडिबाट लछारपछार गरी हेल्मेटले हिर्काउँदा चोट पटक लागेको छ । पत्रकारमाथिको कुटपिट रोक्न खोज्ने स्थानीयको प्रयास समेत असफल भएको थियो ।

पत्रकार कार्कीको टाउकोमा गम्भिर चोट लागेको छ । पत्रकार कार्कीलाई ज्यानमार्ने उदेश्यले आक्रमण गर्ने निज व्यक्तिलाई पक्राउ गरी कारबाही गर्न नेपाल प्रेस युनियन जिल्ला शाखा काभ्रेपलाञ्चोकले माग गरेको छ ।

काभ्रे शाखका अध्यक्ष कपिल कोइरालाद्वारा जारी विज्ञप्तीमा दोषीलाई कारबाही गर्न माग गरिएको छ ।

बालमैत्री पत्रकार सञ्जाल नेपालका अध्यक्ष समेत रहेका कार्कीलाई आक्रमण गर्नेलाई पक्राउ गर्न र क्षतिपूर्ती उपलब्ध गराउन सञ्जालका कोषाध्यक्ष खगेन्द्र शिवाकोटीले माग गरेका छन् । घाइते पत्रकार कार्कीको हाल धुलिखेलमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७७ भाद्र २१, १८: ५६

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७७ भाद्र २१, १८: ५६

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७७ भाद्र २१, १८: ५६

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...