एमालेले टुंग्यायो राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार – Naya Bikalpa
January 11, 2026, Sunday      Epaper

एमालेले टुंग्यायो राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार

काठमाडौं : नेकपा एमालेले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आफ्ना उम्मेदवारहरू टुंगो लगाएको छ ।

एमालेका अनुसार कोशी प्रदेशबाट रोशनी मेचे र सोम पोर्तेल, बागमती प्रदेशबाट डा. प्रेमकुमार दङ्गाल, गण्डकी प्रदेशबाट सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, कर्णाली प्रदेशबाट मीना सिंह रखाल, मधेश प्रदेशमा रेखा झा र सुदूरपश्चिम प्रदेशबाट लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

राष्ट्रिय सभा निर्वाचनअन्तर्गत आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले मनोनयनका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकेको छ ।

फागुन २० गतेबाट रिक्त हुन लागेको १८ सिटका लागि मनोनयन प्रक्रिया सुरु भएको हो । ती सिटका लागि माघ ११ गते निर्वाचन हुनेछ ।

सम्बन्धित समाचार

कांग्रेस विशेष महाधिवेशन : पहिलो दिन २६ सय ६२ प्रतिनिधिको नाम दर्ता
कांग्रेस विशेष महाधिवेशन : पहिलो दिन २६ सय ६२ प्रतिनिधिको नाम दर्ता
  • २०८२ पुष २३, ११: ५९

काठमाडौं : नेपाली कांग्रेसको काठमाडौंमा आइतबारबाट सुरु भएको विशेष महाधिवेशनमा पहिलो दिन २६ सय ६२ जना प्रतिनिधिले नाम दताए गराएका...

कांग्रेस राजनीतिक पार्टी मात्र होइन, वेथितिविरुद्धको अभियान हो : प्रदीप पौडेल
कांग्रेस राजनीतिक पार्टी मात्र होइन, वेथितिविरुद्धको अभियान हो : प्रदीप पौडेल
  • २०८२ पुष २३, ११: ५९

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपाली कांग्रेसलाई राजनीतिक पार्टी मात्र नभई देशका सबै प्रकारका वेथितिविरुद्धको अभियान भएको बताएका...

विशेष महाधिवेशनमा ६२ प्रतिशत प्रतिनिधिले गरे नाम दर्ता
विशेष महाधिवेशनमा ६२ प्रतिशत प्रतिनिधिले गरे नाम दर्ता
  • २०८२ पुष २३, ११: ५९

काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ६२.४ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् । विशेष महाधिवेशन उद्घाटन समरोहमा ६२.४...