वीरगन्जको जनजीवन सामान्य बन्दै – Naya Bikalpa
January 11, 2026, Sunday      Epaper

वीरगन्जको जनजीवन सामान्य बन्दै

वीरगन्ज : सर्वदलीय/सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगन्जमा भइरहेको विरोध प्रदर्शनका सम्बन्धमा सहमति भई टुङ्गो लगेपछि आज बिहानदेखि वीरगन्जको जनजीवन सामान्य बन्दै गइरहेको छ ।

लगातार दुई दिनदेखि विरोध प्रदर्शनका कारणले यहाँ ‘कर्फ्यु’ जारी गरिएको थियो । मंगलबार बेलुकादेखि भने यहाँका बजार छिटछुट रूपमा खुले पनि आजदेखि जनजीवन सामान्यतर्फ अघि बढेको छ । यहाँका विद्यालय, बजार, उद्योगधन्दा तथा कलकारखाना पनि पूर्णमा रूपमा सञ्चालनमा आएका छन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले वीरगन्जको जनजीवन सामान्य बन्दै गइरहेको बताए । “सर्वदलीय तथा सर्वपक्षीय बैठकमा सहमति जुटेसँगै यहाँको जनजीवन सामान्य भइरहेको हो”, उनले भने ।

प्रमुख जिल्ला अधिकारी दाहालले सामाजिक र धार्मिक आस्थासँग जोडिएको विषयमा दुई समुदायबीच विवादको अवस्था सिर्जना हुनसक्ने भएकाले सम्भावित जोखिमलाई मध्यनजर गरेर शान्ति सुरक्षा कायम राख्न कर्फ्यु आदेश जारी गरिएको बताए । सम्भावित जोखिम हुन नदिन र अवस्था सामान्य बनाउन सोमबारदेखि यहाँ कर्फ्यु लगाइएकामा सर्वपक्षीय बैठकमा सहमति जुटेसँगै कर्फ्यु हटाइएको उनले जानकारी दिए ।

स्थानीय प्रशासनले लगाउँदै आएको कर्फ्यु हटाइएसँगै वीरगन्जको बजारमा सर्वसाधारणको चहलपहल देखिएको छ भने वीरगन्जको मेनरोडमा रहेका पसलहरू सञ्चालनमा आएका छन् । यस्तै रिक्सा, टाँगा, मोटरसाइकल तथा अन्य सवारीसाधन पनि पूर्ववत् रुपमा चलिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा मङ्गलबार बसेको सर्वदलीय/सर्वपक्षीय बैठकले सहमति जुटाएसँगै सोमबारदेखि लगाइएको कर्फ्यु मंगलबार दिउँसो ३ बजेदेखि हटाइएको थियो ।

सम्बन्धित समाचार

कांग्रेस विशेष महाधिवेशन : पहिलो दिन २६ सय ६२ प्रतिनिधिको नाम दर्ता
कांग्रेस विशेष महाधिवेशन : पहिलो दिन २६ सय ६२ प्रतिनिधिको नाम दर्ता
  • २०८२ पुष २३, १३: ३१

काठमाडौं : नेपाली कांग्रेसको काठमाडौंमा आइतबारबाट सुरु भएको विशेष महाधिवेशनमा पहिलो दिन २६ सय ६२ जना प्रतिनिधिले नाम दताए गराएका...

कांग्रेस राजनीतिक पार्टी मात्र होइन, वेथितिविरुद्धको अभियान हो : प्रदीप पौडेल
कांग्रेस राजनीतिक पार्टी मात्र होइन, वेथितिविरुद्धको अभियान हो : प्रदीप पौडेल
  • २०८२ पुष २३, १३: ३१

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपाली कांग्रेसलाई राजनीतिक पार्टी मात्र नभई देशका सबै प्रकारका वेथितिविरुद्धको अभियान भएको बताएका...

विशेष महाधिवेशनमा ६२ प्रतिशत प्रतिनिधिले गरे नाम दर्ता
विशेष महाधिवेशनमा ६२ प्रतिशत प्रतिनिधिले गरे नाम दर्ता
  • २०८२ पुष २३, १३: ३१

काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ६२.४ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् । विशेष महाधिवेशन उद्घाटन समरोहमा ६२.४...