नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम घट्यो – Naya Bikalpa
January 20, 2026, Tuesday      Epaper

नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम घट्यो

काठमाडौँ । नेप्से आज सामान्य करेक्सन आएको छ । साताको अन्तिम कारोबार दिन विहिबार नेप्से ४.५९ अंकले बढेर २६४०.५४ विन्दुमा पुगेर रोकिएको छ ।यस दिन सेन्सेटिभ इण्डेक्स ०.९२ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३५ अंकले वृद्धि भएको छ ।

नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । बुधबार ५ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३२८ स्टकको ६९ हजार २६१ पटकको कारोबारमार्फत ४ अर्ब ९० करोड ८० लाख ९४ हजार रुपैयाँबराबरको १ करोड ४ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

आज फाइनान्स, लगानी, माइक्रोफाइनान्स, म्युचल फन्ड, अन्य र व्यापार बाहेक सबै समूहको शेयर सामान्य बढेको छ । आज १ सय २९ वटा कम्पनीको शेयर बढेकोमा १ सय १५ वटाको घटेको छ । यस्तै १५ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज सान्भी इनर्जीको शेयर मुल्य सबैभन्दा बढी ८.१६ प्रतिशतले बढेको छ भने एसवाई प्यानलको शेयर ५.७१ प्रतिशतले बढेको छ । त्यस्तै आज सुपर मादी हाइड्रोको शेयर सबैभन्दा बढी ३.९०  प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ५ अर्ब १७ करोडको कारोबार भएकोमा आज ३ सय २८ वटा कम्पनीका १ करोड ४ लाख कित्ता शेयर ४ अर्ब ९० करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
  • २०८२ पुष २४, १७: ००

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले बढेर दुई लाख ७७...

सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो
  • २०८२ पुष २४, १७: ००

काठमाडौँ : नेपाली बजारमा शुक्रवार सुनको मूल्य बढेको छ । सुन तोलामा ७ सय रुपैयाँले बढेर आज प्रतितोला दुई लाख...

घट्यो पेट्रोल र डिजेलको मूल्य
घट्यो पेट्रोल र डिजेलको मूल्य
  • २०८२ पुष २४, १७: ००

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले आजदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले...