नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम घट्यो – Naya Bikalpa
January 9, 2026, Friday      Epaper

नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम घट्यो

काठमाडौँ । नेप्से आज सामान्य करेक्सन आएको छ । साताको अन्तिम कारोबार दिन विहिबार नेप्से ४.५९ अंकले बढेर २६४०.५४ विन्दुमा पुगेर रोकिएको छ ।यस दिन सेन्सेटिभ इण्डेक्स ०.९२ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३५ अंकले वृद्धि भएको छ ।

नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । बुधबार ५ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३२८ स्टकको ६९ हजार २६१ पटकको कारोबारमार्फत ४ अर्ब ९० करोड ८० लाख ९४ हजार रुपैयाँबराबरको १ करोड ४ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

आज फाइनान्स, लगानी, माइक्रोफाइनान्स, म्युचल फन्ड, अन्य र व्यापार बाहेक सबै समूहको शेयर सामान्य बढेको छ । आज १ सय २९ वटा कम्पनीको शेयर बढेकोमा १ सय १५ वटाको घटेको छ । यस्तै १५ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज सान्भी इनर्जीको शेयर मुल्य सबैभन्दा बढी ८.१६ प्रतिशतले बढेको छ भने एसवाई प्यानलको शेयर ५.७१ प्रतिशतले बढेको छ । त्यस्तै आज सुपर मादी हाइड्रोको शेयर सबैभन्दा बढी ३.९०  प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ५ अर्ब १७ करोडको कारोबार भएकोमा आज ३ सय २८ वटा कम्पनीका १ करोड ४ लाख कित्ता शेयर ४ अर्ब ९० करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित समाचार

चेकबाट ५ लाखभन्दा बढी नगद निकाल्न नपाइने
चेकबाट ५ लाखभन्दा बढी नगद निकाल्न नपाइने
  • २०८२ पुष २४, १७: ००

काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामार्फत हुने नगद कारोबारमा व्यापक कडाइ गर्दै नगद भुक्तानीको अधिकतम सीमा घटाएको...

विधान लत्याएर बहुमतको उन्मादमा पार्टी चलाउने प्रयास स्वीकार्य हुँदैनः डा. सुनिल शर्मा
विधान लत्याएर बहुमतको उन्मादमा पार्टी चलाउने प्रयास स्वीकार्य हुँदैनः डा. सुनिल शर्मा
  • २०८२ पुष २४, १७: ००

काठमाडौं । विघटित प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका चर्चित नेता डा. सुनिल शर्माले पार्टीभित्र देखिएको विवाद विशेष महाधिवेशनमार्फत समाधान हुने...

अमेरिकी डलर र युरोको भाउ घट्दा बढ्यो अस्ट्रेलियन डलरको मूल्य
अमेरिकी डलर र युरोको भाउ घट्दा बढ्यो अस्ट्रेलियन डलरको मूल्य
  • २०८२ पुष २४, १७: ००

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...