इरानमा ५४३ प्रदर्शनकारीको मृत्यु, अमेरिकाले आक्रमण गरे इरानको जवाफी कारबाही गर्ने चेतावनी – Naya Bikalpa
January 15, 2026, Thursday      Epaper

इरानमा ५४३ प्रदर्शनकारीको मृत्यु, अमेरिकाले आक्रमण गरे इरानको जवाफी कारबाही गर्ने चेतावनी

काठमाडौं । इरान सरकारले प्रदर्शनकारीमाथि गरिरहेको दमन तीव्र बन्दै गएसँगै सयौँको मृत्यु भएको रिपोर्ट सार्वजनिक भएको छ । यसैबीच, इरानले अमेरिकाले आक्रमण गरेमा आफूले कडा जवाफी कारबाही गर्ने चेतावनी दिएको छ ।बीबीसीका स्रोत र अधिकारकर्मीहरूका अनुसार स्थिति निकै भयावह बन्दै गएको छ । तेहरानका एक स्रोतले आइतबार भने, “यहाँको अवस्था धेरै खराब छ । हाम्रा धेरै साथीहरू मारिएका छन् । सुरक्षाकर्मीहरूले सिधै गोली चलाइरहेका छन् । सडकहरू युद्ध मैदानजस्तै देखिएका छन् र जताततै रगत छ । उनीहरूले ट्रकमा राखेर शवहरू लगिरहेका छन् ।”

अमेरिकास्थित ‘ह्युमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सी’ले देशव्यापी रूपमा ४९५ प्रदर्शनकारी र ४८ सुरक्षाकर्मी गरी ५४३ जनाको मृत्यु भएको पुष्टि गरेको छ । एजेन्सीका अनुसार दुई हप्ताको अशान्तिमा १० हजार ६०० भन्दा बढी मानिस पक्राउ परेका छन् । प्रदर्शनकारीको हत्यालाई लिएर अमेरिकाले इरानमाथि आक्रमण गर्ने धम्की दिएको छ ।

सम्बन्धित समाचार

नेपालसहित ७५ देशलाई आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने अमेरिकाको घोषणा
नेपालसहित ७५ देशलाई आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने अमेरिकाको घोषणा
  • २०८२ पुष २८, ०९: २५

काठमाडौं।अमेरिकी विदेश मन्त्रालयले बुधबार नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने घोषणा गरेको छ। अमेरिकी विदेश विभागले...

थाइल्याण्डमा गुडिरहेको रेलमा क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु
थाइल्याण्डमा गुडिरहेको रेलमा क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु
  • २०८२ पुष २८, ०९: २५

काठमाडौँ : बैंककबाट थाइल्याण्डको उत्तर-पूर्वतर्फ जाँदै गरेको रेलमा निर्माणाधीन क्रेन खसेपछि रेल दुर्घटनाग्रस्त भएको छ । थाइल्याण्डको उत्तर(पूर्वी क्षेत्रमा एउटा...

इरानसँग व्यापार गर्ने देशलाई २५ प्रतिशत भन्सार लगाउने ट्रम्पको घोषणा
इरानसँग व्यापार गर्ने देशलाई २५ प्रतिशत भन्सार लगाउने ट्रम्पको घोषणा
  • २०८२ पुष २८, ०९: २५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूबाट अमेरिकामा आयात हुने सबै सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका...