भारतमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानका ९ जनाको मृत्यु – Naya Bikalpa
June 10, 2026, Wednesday      Epaper

भारतमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानका ९ जनाको मृत्यु

काठमाडौँ ।  भारतको हिमाचल प्रदेशमा भएको ग्यास सिलिन्डर विस्फोटमा परी सल्यानका दुई परिवारका ९ जनाको मृत्यु भएको छ। रोजगारीका लागि भारत गएका सल्यानको सिद्धकुमाख गाउँपालिका- २ टाकुराका उनीहरू घटनामा परेका हुन्।

मृत्यु हुनेहरूमा ३३ वर्षीय धनबहादुर विक, उनकी ३२ वर्षीया श्रीमती कविता विक, छोरीहरू राधा विक र रेनुका विक, छोरा राजन विक, ४७ वर्षीय काशिराम विक, उनकी ३२ वर्षीया श्रीमती टीका विक, १२ वर्षीया अनु विक र ७ वर्षीय किरण विक रहेका छन्।हिमाचल प्रदेशको सोलान जिल्लास्थित अर्की भन्ने स्थानमा राति सुतिरहेको समयमा पसलमा अचानक आगलागी भएको र त्यसपछि सिलिन्डर विस्फोट हुँदा ठूलो क्षति भएको बताइएको छ।विस्फोटका कारण मृतकहरूको शव अत्यन्त क्षतविक्षत भएकाले पहिचान गर्न कठिन भएको आफन्तले बताएका छन्।दुई परिवारका ९ जनाको मृत्यु भएपछि स्थानीय वडा शोकमा डुबेको छ। सिद्धकुमाख गाउँपालिका- २ ले मंगलबार शोक बिदा दिने निर्णय गरेको छ।

सम्बन्धित समाचार

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
  • २०८२ पुष २९, १६: १५

काठमाडौं : नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । पद तथा गोपनीयताको...

धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते
धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते
  • २०८२ पुष २९, १६: १५

धादिङ, असार ९ – धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा रहेको पृथ्वी राजमार्गमा पर्यटक सवारी साधन र सानो गाडी एकआपसमा...

नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ
  • २०८२ पुष २९, १६: १५

काठमाडौं : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा नवनियुक्त गृहमन्त्री सुधन गुरुङ...