
काठमाडौँ । भारतको हिमाचल प्रदेशमा भएको ग्यास सिलिन्डर विस्फोटमा परी सल्यानका दुई परिवारका ९ जनाको मृत्यु भएको छ। रोजगारीका लागि भारत गएका सल्यानको सिद्धकुमाख गाउँपालिका- २ टाकुराका उनीहरू घटनामा परेका हुन्।
मृत्यु हुनेहरूमा ३३ वर्षीय धनबहादुर विक, उनकी ३२ वर्षीया श्रीमती कविता विक, छोरीहरू राधा विक र रेनुका विक, छोरा राजन विक, ४७ वर्षीय काशिराम विक, उनकी ३२ वर्षीया श्रीमती टीका विक, १२ वर्षीया अनु विक र ७ वर्षीय किरण विक रहेका छन्।हिमाचल प्रदेशको सोलान जिल्लास्थित अर्की भन्ने स्थानमा राति सुतिरहेको समयमा पसलमा अचानक आगलागी भएको र त्यसपछि सिलिन्डर विस्फोट हुँदा ठूलो क्षति भएको बताइएको छ।विस्फोटका कारण मृतकहरूको शव अत्यन्त क्षतविक्षत भएकाले पहिचान गर्न कठिन भएको आफन्तले बताएका छन्।दुई परिवारका ९ जनाको मृत्यु भएपछि स्थानीय वडा शोकमा डुबेको छ। सिद्धकुमाख गाउँपालिका- २ ले मंगलबार शोक बिदा दिने निर्णय गरेको छ।
काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५एफ अन्तर्गत क्लस्टर २ द्वारा आयोजित एक दिवसीय ‘लिडरसिप ओरियन्टेसन एन्ड अनुअल प्लानिङ वर्कसप’ लायनहरुमा...