बढ्यो अण्डाको मूल्य – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

बढ्यो अण्डाको मूल्य

Food Protein Organic Chicken Raw Eggs Photo

चितवन ।अण्डाको मूल्य पनि क्रमशः बढ्दै गएको छ।नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुनेगरी अण्डाको मूल्यमा वृद्धि गरेको हो। यसअनुसार ठूलो अण्डा एक क्रेट (३० वटा)को फार्म मूल्य रु चार सय ९५ पुगेको छ।
यसअघि प्रतिक्रेट ४६५ मा बिक्री गरिएको ठूलो अण्डाको मूल्य रु ३० ले बढेको हो।यस्तै मझौला अण्डाको फार्म मूल्य ४७५ कायम गरिएको छ । यसअघि यो अण्डा ४४५ मा बिक्री हुँदै आएको थियो ।

गत मंसिरमा अण्डाको मूल्य हालसम्मकै उच्च भएको थियो। तत्कालीन समयमा फार्ममा ठूलो अण्डा रु पाँच सय ६५ प्रतिक्रेटमा बिक्री भएको थियो।मझौलाको रेट ५५० थियो ।  नेपालमा निर्वाचनको माहोल बन्नु, निर्वाचनसँगै सीमा क्षेत्रमा भएको कडाइका कारण अण्डाको मूल्यमा वृद्धि भएको हो ।अण्डा उत्पादन गर्ने कुखुरामा कमी आउँदा अण्डा उत्पादन कम हुनु, बन्द भएका विद्यालयहरू खुल्नुलगायत कारणले अण्डाको मूल्यमा क्रमिक सुधार आउन लागेको हो।

अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ। यसलाई हिसाब गर्दा किसानको लागत मूल्य प्रतिक्रेट ५७४ रुपैयाँ छ पैसा पर्न आउँछ। लागत मूल्य नजिक पुगेको अवस्थामा पुनः अण्डाको मूल्य घटेपछि किसान निरास बनेका थिए। अब मूल्य बढ्ने आशमा किसान रहेका छन्।

सम्बन्धित समाचार

सुनचाँदीको मूल्यमा केही गिरावट
सुनचाँदीको मूल्यमा केही गिरावट
  • २०८२ माघ ११, १७: ४१

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु...

सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
  • २०८२ माघ ११, १७: ४१

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनको मूल्य तोलामा १,८०० रुपैयाँले...

कस्तो छ आजको विदेशी मुद्रा विनिमय दर ?
कस्तो छ आजको विदेशी मुद्रा विनिमय दर ?
  • २०८२ माघ ११, १७: ४१

काठमाडौँ।नेपाल राष्ट्र बैंकले बिहीबार ९वैशाख १७०का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य बढेको...