६ महिनामा १० खर्ब ६२ अर्ब रेमिट्यान्स भित्रियो – Naya Bikalpa
February 4, 2026, Wednesday      Epaper

६ महिनामा १० खर्ब ६२ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं : चालु आर्थिक वर्षको छ महिनामा १० खर्ब ६२ अर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को छ महिनामा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १० खर्ब ६२ अर्ब ९३ करोड पुगेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.२ प्रतिशतले बढेको थियो । २०८२ पुस महिनामा विप्रेषण आप्रवाह १ खर्ब ९२ अर्ब ६२ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब २२ अर्ब ४४ करोड रहेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३२.३ प्रतिशतले वृद्धि भई ७ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.७ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ११ खर्ब ६८ अर्ब २ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ८ खर्ब ३३ अर्ब ८६ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ६ हजार ८०७ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९४ हजार ७३३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ३० हजार ४३९ र १ लाख ६२ हजार ६२८ रहेको थियो ।

सम्बन्धित समाचार

नेपालले वार्म अप खेलमा युएईलाई हरायो
नेपालले वार्म अप खेलमा युएईलाई हरायो
  • २०८२ माघ १९, १८: ४२

काठमाडौं : आइसीसी टी–२० विश्वकपअन्तर्गतको वार्म अप खेलमा नेपालले युएईमाथि ७ विकेटको सहज जित निकालेको छ । भारतको चेन्नईमा मंगलबार...

सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय
सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय
  • २०८२ माघ १९, १८: ४२

काठमाडौं : सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिने निर्णय...

शेयर बजार १२ अङ्कले घट्याे, ८ अर्ब ६३ कराेड रुपैयाँकाे काराेबार
शेयर बजार १२ अङ्कले घट्याे, ८ अर्ब ६३ कराेड रुपैयाँकाे काराेबार
  • २०८२ माघ १९, १८: ४२

काठमाडौँ । नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ । मंगलबार नेप्से १२.५८ अंकले घटेर २६८३.१५ विन्दुमा पुगेर रोकिएको छ...