सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय – Naya Bikalpa
February 3, 2026, Tuesday      Epaper

सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय

काठमाडौं : सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक संसदबाट फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ल्याएको यो विधेयक १५ माघ २०८१ मा राष्ट्रिय सभामा दर्ता भएको थियो । विवादका कारण लामो समयसम्म अघि बढ्न नसकेको विधेयक २७ माघ २०८१ मा राष्ट्रिय सभामा प्रस्तुत गरिएको थियो भने ३ भदौ २०८२ मा यसमाथि सामान्य छलफल भएको थियो ।

प्रस्तावित विधेयकको उद्देश्य सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने उल्लेख गरिएको थियो ।

यससँगै सामाजिक सञ्जालसम्बन्धी छुट्टै कानुन आवश्यक परे सरकारले नयाँ विधेयक ल्याउनुपर्ने हुन्छ ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले निर्माणाधीन संसद भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरूको शालिक निर्माण गर्ने गरी सिंहदरबार परिसरको गुरुयोजना संशोधन गर्न पनि स्वीकृति दिएको छ ।

सम्बन्धित समाचार

नेपालले वार्म अप खेलमा युएईलाई हरायो
नेपालले वार्म अप खेलमा युएईलाई हरायो
  • २०८२ माघ २०, १८: ३०

काठमाडौं : आइसीसी टी–२० विश्वकपअन्तर्गतको वार्म अप खेलमा नेपालले युएईमाथि ७ विकेटको सहज जित निकालेको छ । भारतको चेन्नईमा मंगलबार...

विश्व बैंकले नेपाललाई ९ करोड ५० लाख अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराउने
विश्व बैंकले नेपाललाई ९ करोड ५० लाख अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराउने
  • २०८२ माघ २०, १८: ३०

काठमाडौंः विश्व बैंकले नेपालमा साना तथा मझौला उद्यम (एसएमई) हरूको वित्तीय पहुँच विस्तार तथा रोजगारीमा सिर्जना गर्न ९ करोड ५०...

यातायात क्षेत्रका गुनासो समाधान गर्न समन्वय समिति गठन गरिने
यातायात क्षेत्रका गुनासो समाधान गर्न समन्वय समिति गठन गरिने
  • २०८२ माघ २०, १८: ३०

काठमाडौं : सरकारले यातायात क्षेत्रमा देखिएका समस्या तथा नागरिकबाट आएका गुनासो सम्बोधन गर्न समन्वय समिति गठन गर्ने भएको छ ।...