
काठमाडौं : निर्वाचन आयोगले समानुपातिकतर्फ ७६ उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ।
फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले पेस गरेका उम्मेदवारको बन्दसूचीमाथि निर्वाचन आयोगले छानबिन गर्दा ७६ जनाको नाम हटाउने निर्णय गरेको प्रवक्ता नारायण प्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
निर्वाचन अधिकृतको कार्यालयमा पर्न आएका उजुरी, प्रचलित कानूनले तोकेको उम्मेदवारको योग्यता तथा अयोग्यतासम्बन्धी व्यवस्था, निर्वाचन आयोगबाट विभिन्न मितिमा भएका निर्णय र राजनीतिक दलहरूबाट प्राप्त जानकारीका आधारमा उम्मेदवारहरूको विवरण रूजु गरिएको आयोगले जनाएको छ।
आयोगले कांग्रेसबाट १ जना, एमालेबाट १ जना, नेपाली कम्युनिस्ट पार्टीबाट ३ जना समानुपातिक उम्मेदवारको नाम हटाएको हो।
आयोगका अनुसार कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका २१ जना, प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका २५ जना, निर्वाचन आयोगबाट तोकिएको जरिवाना भुक्तान नगरेका १० जना, पच्चीस वर्ष उमेर पूरा नभएका ४ जना, मतदाता नामावलीमा नाम समावेश नभएका १ जना तथा मतदाता नामावली पिछडिएको क्षेत्रमा नरहेका २ जनाको नाम हटाइएको हो।
यस्तै, महिला उम्मेदवार पेस हुनुपर्ने स्थानमा पुरूष उम्मेदवार पेस गरिएका कारण १ जनाको नाम हटाइएको छ भने सम्बन्धित राजनीतिक दलकै आग्रहमा १० जनाको नाम बन्दसूचीबाट हटाइएको आयोगले जनाएको छ। माथि उल्लिखित कारणमध्ये एकभन्दा बढी कारण परेका २ जना पनि सूचीबाट हटाइएका छन्।
काठमाडौं : आइसीसी टी–२० विश्वकपअन्तर्गतको वार्म अप खेलमा नेपालले युएईमाथि ७ विकेटको सहज जित निकालेको छ । भारतको चेन्नईमा मंगलबार...
काठमाडौं : सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिने निर्णय...
काठमाडौंः विश्व बैंकले नेपालमा साना तथा मझौला उद्यम (एसएमई) हरूको वित्तीय पहुँच विस्तार तथा रोजगारीमा सिर्जना गर्न ९ करोड ५०...