बंगलादेशमा बीएनपीलाई बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper

बंगलादेशमा बीएनपीलाई बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित


काठमाडौं : बंगलादेशमा बिहीबार भएको संसदीय चुनावमा बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) ले बहुमत हासिल गरेको छ। पार्टीले २९९ सिटमध्ये १६५ सिट जितेको हो।

पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा एवं बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको छ। दुई क्षेत्रमा चुनाव लडेका रहमानले पनि दुवै सिट जितेका छन्।

उनी बेलायतमा १७ वर्ष निर्वासित जीवन बिताएपछि हालै मात्र बंगलादेश फर्किएका थिए।

जमात-ए-इस्लामीको नेतृत्वमा रहेको ११-दलीय गठबन्धनले अहिलेसम्म ४५ सिट मात्र जितेको छ। जमात प्रमुख सिफुकर रहमानले ढाका-१५ मा विजय हासिल गरेका छन्।

अन्य दल र स्वतन्त्र उम्मेदवारहरूले तिन सिट जितेका छन्।

यो खबर बनाउँदासम्म २०६ सिटको नतिजा मात्र घोषणा गरिएको छ। सबै मत परिणाम आउन बाँकी छ।

सम्बन्धित समाचार

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
  • २०८२ फाल्गुन १, ०७: ३८

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग मुलुकका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिका बारेमा जानकारी लिएका...

धार्मिक सहिष्णुता कायम राख्न नेपाल पत्रकार महासंघको अपिल, हिंसात्मक घटनाप्रति चिन्ता
धार्मिक सहिष्णुता कायम राख्न नेपाल पत्रकार महासंघको अपिल, हिंसात्मक घटनाप्रति चिन्ता
  • २०८२ फाल्गुन १, ०७: ३८

काठमाडौं : नेपाल पत्रकार महासंघले देशका विभिन्न स्थानमा पछिल्लो समय देखिएका प्रदर्शन र झडपप्रति गम्भीर चिन्ता व्यक्त गर्दै धार्मिक सहिष्णुता,...

राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन- अफवाह नफैलाऔं, सामाजिक सद्भाव जोगाऔं
राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन- अफवाह नफैलाऔं, सामाजिक सद्भाव जोगाऔं
  • २०८२ फाल्गुन १, ०७: ३८

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगन्ज, सिरहालगायतका क्षेत्रमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावपूर्ण अवस्थाप्रति सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील...