आलोपालो प्रधानमन्त्री हुने प्रथा अन्त्य गर्नुपर्छः शर्मा – Naya Bikalpa
August 3, 2026, Monday      Epaper

आलोपालो प्रधानमन्त्री हुने प्रथा अन्त्य गर्नुपर्छः शर्मा

बुटवल । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब आलोपालो प्रधानमन्त्री बन्ने प्रथा अन्त्य गर्नुपर्ने बताएका छन्।बुटवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले आलोपालो प्रधानमन्त्री बन्ने र बनाउने प्रथा अन्त्य गर्नुपर्नेमा जोड दिएका हुन्। आगामी सरकारको नेतृत्वका लागि सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको रूपमा अगाडि सारिएको उनले बताए।

मुलुकको विकास र राजनीतिक स्थायित्वका लागि कांग्रेसले यस्तो निर्णय लिएकोमा जोड दिए। सम्बोधनका क्रममा शर्माले अबको निर्वाचनपछि आलोपालो प्रधानमन्त्री बन्ने विकृत प्रथाको अन्त्य हुनुपर्नेमा जोड दिए।उनका अनुसार चुनावमा सबैभन्दा ठूलो दल हुने पार्टीले नै पूर्ण पाँच वर्ष सरकार चलाउन पाउनुपर्छ। यदि संसद्‌मा १ सय ३८ को बहुमत नपुगेमा समानुपातिक हिस्साबाट आवश्यक सिट संख्या थप गरेर भए पनि ठूलो दललाई नै बहुमत पुर्‍याइदिने कानूनी र संवैधानिक व्यवस्था गर्नुपर्ने उनको तर्क छ।

रुपन्देहीका पाँचै क्षेत्रमा कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराउन अपील गर्दै शर्माले कार्यकर्ताहरूलाई सानातिना कुरा बिर्सेर रुख चिन्हमा गोलबद्ध हुन आग्रह गरे।

सम्बन्धित समाचार

कांग्रेसद्वारा न्यायिक समिति गठन गर्न माग
कांग्रेसद्वारा न्यायिक समिति गठन गर्न माग
  • २०८२ फाल्गुन १, ०८: १९

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र पर्सामा हालै भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन...

बागमतीमा राजनीतिक निकास खोज्दै मुख्यमन्त्री बानियाँ, दलहरूलाई दिए दुई विकल्प
बागमतीमा राजनीतिक निकास खोज्दै मुख्यमन्त्री बानियाँ, दलहरूलाई दिए दुई विकल्प
  • २०८२ फाल्गुन १, ०८: १९

ललितपुर : बागमती प्रदेशमा विकसित राजनीतिक अन्योल समाधान गर्न मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दलहरूलाई स्पष्ट दुई विकल्प अघि सारेका छन्। सोमबार...

यो अभूतपूर्व राष्ट्रिय एकताको चुरोमा दलहरुको सहिष्णु व्यवहार हो भन्ने नभुलौँ
यो अभूतपूर्व राष्ट्रिय एकताको चुरोमा दलहरुको सहिष्णु व्यवहार हो भन्ने नभुलौँ
  • २०८२ फाल्गुन १, ०८: १९

  १. श्रावण १०पछि देखिएको अभूतपूर्व राष्ट्रिय एकता सुनसरी जिल्लाको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा सामान्य वादविवादपछि जुन प्रकारले परिस्थिति हिन्दु मुस्लिम...