
बुटवल । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब आलोपालो प्रधानमन्त्री बन्ने प्रथा अन्त्य गर्नुपर्ने बताएका छन्।बुटवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले आलोपालो प्रधानमन्त्री बन्ने र बनाउने प्रथा अन्त्य गर्नुपर्नेमा जोड दिएका हुन्। आगामी सरकारको नेतृत्वका लागि सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको रूपमा अगाडि सारिएको उनले बताए।
मुलुकको विकास र राजनीतिक स्थायित्वका लागि कांग्रेसले यस्तो निर्णय लिएकोमा जोड दिए। सम्बोधनका क्रममा शर्माले अबको निर्वाचनपछि आलोपालो प्रधानमन्त्री बन्ने विकृत प्रथाको अन्त्य हुनुपर्नेमा जोड दिए।उनका अनुसार चुनावमा सबैभन्दा ठूलो दल हुने पार्टीले नै पूर्ण पाँच वर्ष सरकार चलाउन पाउनुपर्छ। यदि संसद्मा १ सय ३८ को बहुमत नपुगेमा समानुपातिक हिस्साबाट आवश्यक सिट संख्या थप गरेर भए पनि ठूलो दललाई नै बहुमत पुर्याइदिने कानूनी र संवैधानिक व्यवस्था गर्नुपर्ने उनको तर्क छ।
रुपन्देहीका पाँचै क्षेत्रमा कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराउन अपील गर्दै शर्माले कार्यकर्ताहरूलाई सानातिना कुरा बिर्सेर रुख चिन्हमा गोलबद्ध हुन आग्रह गरे।
काठमाडौं : नेपाल सरकारले विश्वको १२औं अग्लो हिमाल ‘ब्रोड पिक’ आरोहणका क्रममा यही साउन १४ गते क्याम्प–२ बाट क्याम्प–३ जाने...
राजविराज : सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकाका जारी कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरेको छ । प्रमुख...
काठमाडौं : बुद्ध जयन्ती हीरक समारोह मूल समिति २५७० तथा पूर्ण महाविहार तारेश्वर संघ, नागबहालद्वारा आयोजित बुद्ध जयन्ती हीरक समारोह...