
काठमाडौं : आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटमा नेपालले वेस्टइन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ ।
भारतको मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रन बनायो ।
नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ खेले । ४७ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे ।
समूह चरणका खेलमा लगातार दोस्रो हार बेहोरेको नेपाललाई आज जित्नै पर्ने दबाब छ । नेपाल यसअघि इङ्ल्यान्ड र इटालीसँग पराजित भएको थियो ।
दीपेन्द्र टी-२० विश्वकपमा नेपालका लागि अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । यसअघि सन् २०१४ को मा नेपालले टी-२० विश्वकपमा सुवास खकुरेलले हङकङविरुद्ध अर्धशतक प्रहार गरेका थिए ।
झापा ।नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन ‘देश बनाउने र देश जलाउने’ शक्तिहरूबीचको महासंग्राम भएको...
सर्लाही : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य रहेको बताएका छन् । सर्लाही...
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांगे्स पार्टीको तर्फबाट नुवाकोट जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फको उम्मेदवारको...