
काठमाडौं । हालै सम्पन्न निर्वाचनमा दुईतिहाइ सिट जित्दै स्पष्ट जनादेश प्राप्त गर्नुभएका तारिक रहमानले ११ फागुनमा बंगलादेशका प्रधानमन्त्रीका रूपमा शपथ लिने हुनुभएको छ । बंगलादेश राष्ट्रिय पार्टीका अध्यक्षसमेत रहनुभएका रहमानले सोही दिन मन्त्रिपरिषद्का सदस्यहरूसहित सामूहिक रूपमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् ।
बेलायतबाट प्रकाशित लोकप्रिय बंगलादेशी पत्रिका प्रथम आलोले स्रोत उद्धृत गर्दै शपथ समारोह ११ फागुनमा आयोजना हुने पुष्टि गरेको हो । बंगलादेशको राष्ट्रिय संसद्को साउथ प्लामा यो शपथ समारोह हुनेछ । विगतमा शपथ समारोह बंगभवनस्थित दरबार हलमा हुने गरेको थियो । यो राष्ट्रपतिको आवास पनि हो । तर, यसपटक ठूलो संख्यामा अतिथि निम्त्याइएका कारण जातीय संसद् भवनको दक्षिण प्लाजामा समारोह राखिएको छ । जहाँ व्यापक जनसहभागिता र कडा सुरक्षा व्यवस्थासहित समारोह सम्पन्न गरिने तयारी छ ।
शपथ समारोहमा दक्षिण एसिया तथा मध्यपूर्वका विभिन्न देशका प्रतिनिधिहरूलाई निमन्त्रणा पठाइएको छ ।ढाकाले यस समारोहमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न १३ देशका नेताहरूलाई निमन्त्रणा पठाएको हो ।
नेपाल, भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, भुटान, चीन, साउदी अरेबिया, टर्की, संयुक्त अरब इमिरेट्स (युएई) कतार, मलेसिया तथा ब्रुनाईका उच्चस्तरीय प्रतिनिधि समारोहमा सहभागी हुने अपेक्षा गरिएको छ ।
काठमाडौं । अनौपचारिक परिणामहरूले तारिक रहमान नेतृत्वको बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले बलियो अग्रता लिएको देखिएको छ ।बंगलादेश निर्वाचन आयोगबाट अझै...
काठमाडौं : बंगलादेशमा बिहीबार भएको संसदीय चुनावमा बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) ले बहुमत हासिल गरेको छ। पार्टीले २९९ सिटमध्ये १६५...
काठमाडौं । टर्कीको संसद्मा बुधबार सत्तारूढ र विपक्षी दलका सांसदहरूबीच कुटाकुट भएको छ ।विवादास्पद व्यक्तिलाई न्याय मन्त्रालयको जिम्मेवारी दिइएको भन्दै झगडा...