वीरगञ्ज महानगर क्षेत्रमा कर्फ्यु आदेश जारी – Naya Bikalpa
February 23, 2026, Monday      Epaper

वीरगञ्ज महानगर क्षेत्रमा कर्फ्यु आदेश जारी

पर्साः पर्साको वीरगञ्ज महानगर क्षेत्रमा पछिल्लो शान्तिसुरक्षालाई मध्यनजर गर्दै कर्फ्यु आदेश जारी गरिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आव बिहान ९ः ४५ बजेदेखि लागू हुनेगरी महानगरको चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गरेका हुन् ।

आइतबार वीरगञ्ज महानगरको श्रीपुर क्षेत्रमा पार्किङको विषयमा भएको सामान्य विवादबाट सुरु भएको घटनाले क्रमशः दुई समुदायबीच तनाव बढाएपछि जिल्ला सुरक्षा समितिले सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गर्दै कर्फ्यु आदेश जारी गरिएको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी दाहालले पछिल्लो सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गर्दै अर्को आदेश नभएसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम पर्साको वीरगञ्ज महानगरभित्र चार किल्ला तोकेर कर्फ्यु आदेश गरिएको बताए।

प्रशासनले पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सियानदी, उत्तरमा गण्डक चोक र दक्षिणतर्फ शंकराचार्य गेट सीमना तोकेर कसैले आवतजावत गर्न कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा बैठक, घेराउ गर्न नपाउनेगरी कर्फ्यु आदेश जारी गरिएको छ ।

जिल्ला प्रशासनले कफ्र्यू आदेश अवधिभरमा अत्यावश्यक सवारीसाधनहरू, एम्बुलेन्स, दमकल, शवबाहन, स्वास्थ्यकर्मीका सवारीसाधन, सञ्चारकर्मी, विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षाका परिक्षार्थी एवं परीक्षा केन्द्रमा खटिने कर्मचारी, पर्यटकका सवारीसाधन, कूटनीतिक नियोग र मानवअधिकारकर्मी र हवाई टिकटको आधारमा हवाई यात्रुको आवागमनमा सुरक्षाकर्मीहरूबाट सहजीकरण हुने बताइएको छ ।

सम्बन्धित समाचार

धादिङ बस दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त, घाइतेहरूको उपचारको उचित प्रबन्ध मिलाउन सरकारसँग आग्रह
धादिङ बस दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त, घाइतेहरूको उपचारको उचित प्रबन्ध मिलाउन सरकारसँग आग्रह
  • २०८२ फाल्गुन ११, ११: ३८

काठमाडौं : पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको जनधनको क्षतप्रति नेपाली कांग्रेसले दुःख...

रास्वपा मकवानपुरका सभापति पराजुली कांग्रेसमा फर्किए
रास्वपा मकवानपुरका सभापति पराजुली कांग्रेसमा फर्किए
  • २०८२ फाल्गुन ११, ११: ३८

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुलीले पार्टी परित्याग गर्दै पुरानै दल नेपाली कांग्रेसमा फर्किएका छन्...

जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह
जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह
  • २०८२ फाल्गुन ११, ११: ३८

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ। निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता...