शेयर बजार आज सामान्य बढ्याे , ५ अर्ब १३ करोडको कारोबार – Naya Bikalpa
February 23, 2026, Monday      Epaper

शेयर बजार आज सामान्य बढ्याे , ५ अर्ब १३ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा सामान्य करेक्सन आएको छ । सोमबार नेप्से २.४१ अंकले बढेर २६१६.९७ विन्दुमा पुगेर रोकिएको छ ।  पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर ओरालो लागेको बजार यस दिन भने २.४१ अंकले बढेर २६१६.९७ विन्दुमा पुगेको हो।

यस दिन सेन्सेटिभ इण्डेक्स १.६५ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४३ अंकले उकालो लागेको छ। सूचकमा सामान्य सुधार देखिए पनि कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन आइतबार ६ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा सोमबार ३२९ वटा स्टकको ५६ हजार ३४७ पटकको कारोबारबाट ५ अर्ब १३ करोड ८६ लाख ४९ हजार रुपैयाँ बराबरको १ करोड २६ लाख २१ हजार कित्ता शेयर किनबेच भएको छ।

आज सालपा विकास बैंकको शेयर ९.९९ प्रतिशतले बढेको छ भने मा सकारात्मक सर्किट लागेको छ भने रिलायन्स स्पिनिंग मिल्सको शेयर ९.२८ प्रतिशतले बढेको छ । त्यसैगरी एनआइबिएल समृद्धि फण्डको शेयर सबैभन्दा बढी ४.८१ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ३६ करोड २ लाख बराबरको कारोबार भएको छ भने रिडी पावरको ३२ करोड १९ लाख बराबरको कारोबार भएको छ ।

सम्बन्धित समाचार

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
  • २०८२ फाल्गुन ११, १६: ५६

काठमाडौं : नेपाली बजारमा कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल...

काठमाडौंका यी स्थानमा आज बिजुली कटौती हुने
काठमाडौंका यी स्थानमा आज बिजुली कटौती हुने
  • २०८२ फाल्गुन ११, १६: ५६

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी बानेश्वर...

सुनको मूल्य स्थिर, चाँदीको घट्यो
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
  • २०८२ फाल्गुन ११, १६: ५६

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज सुन तोलामा तीन लाख चार हजार सात सय...