शेखर कोइरालाले भने- कांग्रेसले जिते मात्रै धर्म संस्कृति जोगिन्छ – Naya Bikalpa
April 28, 2026, Tuesday      Epaper

शेखर कोइरालाले भने- कांग्रेसले जिते मात्रै धर्म संस्कृति जोगिन्छ

विराटनगर : नेपाली कांग्रेसका वरिष्ठ नेता एवं मोरङ क्षेत्र नं. ६ का प्रतिनिधि सभाका उमेदवार डा. शेखर कोइरालाले कांग्रेसले जिते मात्रै धर्म संस्कृति जोगिने बताएका छन् ।

कोइरालाले सबै जातजातिको मौलिकता, धर्म, संस्कृति र आस्था बाँचे मात्रै राष्ट्र र लोकतन्त्र बलियो हुने बताए ।

कोइरालाले धर्म सस्कृति संस्कार र सभ्यता माथिको प्रहार रोक्न कांग्रेसको जित जरुरी रहेको बताए । उनले धर्म र सस्कृति माथीको प्रहार रोक्न नसके राष्ट्रियता पनि धरासयी हुने उनको भनाइ थियो ।

नेपाली कांग्रेस बुढिगंगा गाउँपालिकाको घर–दैलो एवं चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले सबै जातजातिको आफ्नो मौलिकता, धर्म, संस्कृती, परम्पराको महत्त्व रहेको बताए ।

उमेदवार कोइरालाले धर्म संस्कृती संरक्षण कै लागी अहिलेको निर्वाचन अती महत्वपूर्ण भएको बताए ।

सम्बन्धित समाचार

शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
  • २०८२ फाल्गुन ११, २०: ०१

काठमाडौं : सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई सूचना म्याद पाएका मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेस गर्न...

जलेका गाडीको नाममा इन्धन दुरुपयोग, अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहताको निर्देशन
जलेका गाडीको नाममा इन्धन दुरुपयोग, अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहताको निर्देशन
  • २०८२ फाल्गुन ११, २०: ०१

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिएकी छन्...

इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्टपति ट्रम्प असन्तुष्ट
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्टपति ट्रम्प असन्तुष्ट
  • २०८२ फाल्गुन ११, २०: ०१

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानको पछिल्लो शान्ति प्रस्तावमा असन्तुष्ट रहेको अमेरिकी मिडियाले रिपोर्ट गरेका छन् । प्रस्तावले होर्मुज...