
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संसदीय दलको नेता चयन प्रक्रियामा ढिलाइ हुनुको कारण सर्वसम्मतको प्रयास रहेको बताएका छन्।
भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरिएको जानकारी दिँदै थापाले समय लाग्नु स्वाभाविक भएको उल्लेख गरे। उनले भने, निर्वाचन प्रक्रियाबाट छिट्टै नेता चयन गर्न सकिने भए पनि अधिकांश सांसदहरूको चाहना सर्वसम्मत चयनतर्फ रहेकोले प्रक्रिया लम्बिएको हो।
थापाका अनुसार कांग्रेसभित्र प्रतिस्पर्धा गर्नु सहज भए पनि सर्वसम्मत निर्णयमा पुग्नु चुनौतीपूर्ण हुन्छ। “ढिला भए पनि परिपक्व निर्णय गर्ने प्रयास गरेका हौं,” उनले स्पष्ट पारे।त्यस्तै नेता आङ्देम्बेले विगतमा पार्टी र संसदबीचको एउटा समन्वय कम भएको भन्दै अब पार्टी र संसदबीचको समन्वयात्मक छलफल र बहसबाट मुलुकको ठूला चुनौतीको सामना गर्ने बाटोमा जाने प्रतिबद्धता जनाए ।
‘हिजो पार्टी र संसदबीचको एउटा समन्वयात्मक बिर्सिएको जस्तो अवस्था थियो । तर आज त्यो खोजेर अगाडि बढ्नैपर्ने आवश्यक छ । पार्टी र संसदबीचको एउटा समन्वयात्मक छलफल र बहसबाट मुलुकको ठूला चुनौतीको सामना गर्ने बाटोमा जान्छौं,’ उनले भने ।
उनले संसदीय दलको अन्य पदाधिकारीहरुको टुंगो २४ घण्टा भित्र मै टुंगो लाग्ने जानकारी दिए ।
काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...
काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगमा भदौ २३ र २४ गते भएका घटनासम्बन्धी अनुसन्धान प्रतिवेदन,...