नेता चयन ढिला भयो तर परिपक्व भयो : सभापति थापा – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

नेता चयन ढिला भयो तर परिपक्व भयो : सभापति थापा

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति गगन थापाले संसदीय दलको नेता चयन प्रक्रियामा ढिलाइ हुनुको कारण सर्वसम्मतको प्रयास रहेको बताएका छन्।

भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरिएको जानकारी दिँदै थापाले समय लाग्नु स्वाभाविक भएको उल्लेख गरे। उनले भने, निर्वाचन प्रक्रियाबाट छिट्टै नेता चयन गर्न सकिने भए पनि अधिकांश सांसदहरूको चाहना सर्वसम्मत चयनतर्फ रहेकोले प्रक्रिया लम्बिएको हो।

थापाका अनुसार कांग्रेसभित्र प्रतिस्पर्धा गर्नु सहज भए पनि सर्वसम्मत निर्णयमा पुग्नु चुनौतीपूर्ण हुन्छ। “ढिला भए पनि परिपक्व निर्णय गर्ने प्रयास गरेका हौं,” उनले स्पष्ट पारे।त्यस्तै नेता आङ्देम्बेले विगतमा पार्टी र संसदबीचको एउटा समन्वय कम भएको भन्दै अब पार्टी र संसदबीचको समन्वयात्मक छलफल र बहसबाट मुलुकको ठूला चुनौतीको सामना गर्ने बाटोमा जाने प्रतिबद्धता जनाए ।

‘हिजो पार्टी र संसदबीचको एउटा समन्वयात्मक बिर्सिएको जस्तो अवस्था थियो । तर आज त्यो खोजेर अगाडि बढ्नैपर्ने आवश्यक छ । पार्टी र संसदबीचको एउटा समन्वयात्मक छलफल र बहसबाट मुलुकको ठूला चुनौतीको सामना गर्ने बाटोमा जान्छौं,’ उनले भने ।
उनले संसदीय दलको अन्य पदाधिकारीहरुको टुंगो २४ घण्टा भित्र मै टुंगो लाग्ने जानकारी दिए ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०८३ बैशाख १४, १९: २६

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०८३ बैशाख १४, १९: २६

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०८३ बैशाख १४, १९: २६

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...