
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई मारिएको घोषणा गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्र्थ सोसलमार्फत वक्तव्य जारी गर्दै खामेनेईको मृत्यु भएको घोषणा गरेका हुन् ।
ट्रम्पले उक्त कारबाही इरानी जनता तथा विश्वभर मारिएका वा घाइते बनाइएका अमेरिकी र अन्य देशका नागरिकका लागि न्याय भएको दाबी गरेका छन् । उनले अमेरिकी गुप्तचर संयन्त्र र उच्चस्तरीय ट्र्याकिङ प्रणालीको सहायताले, इजरायलसँग नजिकको सहकार्यमा, खामेनेई र अन्य नेताहरूलाई निशाना बनाइएको उल्लेख गरेका छन् ।
यो इरानी जनताका लागि आफ्नो देश पुनः आफ्नो नियन्त्रणमा लिने ‘सबैभन्दा ठूलो अवसर’ भएको बताएका छन् । उनले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर, सेना तथा सुरक्षा निकायका धेरै सदस्यहरू लड्न इच्छुक नरहेको र अमेरिकासँग उन्मुक्ति खोजिरहेको दाबीसमेत गरेका छन् ।
ट्रम्पले इरानमा एकैदिनमा ठूलो क्षति पुगेको दाबी गर्दै मध्यपूर्व र विश्वभर शान्ति स्थापना गर्ने उद्देश्य पूरा नभएसम्म कडा र लक्षित बमबारी जारी रहने बताएका छन् ।
इरानी स्रोतले भने खामेनेईको अवस्थाबारे केही बोलेको छैन ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...
काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...