महानगरपालिकाकाे चेतावनीः फुटपाथ र ठेलागाडाले महामारी नियन्त्रण बाहिर जानसक्छ ! – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

महानगरपालिकाकाे चेतावनीः फुटपाथ र ठेलागाडाले महामारी नियन्त्रण बाहिर जानसक्छ !


नयाँ विकल्प
काठमाडाैं – काठमाडाैं महानगरपालिकाले ठेलागाडा र पुटपाथ खाेलिए काेराेना संक्रमण नियन्त्रण नियन्त्रण बाहिर जाने चेतावनी सरकालाइ दिएकाे छ ।

शुक्रबार महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले काठमाडाैंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ध्यानाकर्षण गराउँदै फुटपाथ र ठेलागाडा व्यापार’ वाक्यांश हटाएर पुनः आदेश जारी गर्न माग गरेकी छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भदौ २४ मा जारी गरेको आदेशमा सञ्चालन गर्न सकिने क्रियाकलापअन्तर्गत बुँदा नं १० मा ‘फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसलहरू, इलेक्ट्रिक र इलेक्टोनिक्स पसलहरू र डिपार्टमेन्टल स्टोरहरू बिहान ११ बजेसम्म र बेलुकी ४ देखि ७ बजेसम्म खोल्न सक्ने जनाएकाे थियाे ।

शुक्रबार खडकीले जिल्ला प्रशासन कार्यालय बबरमहल पुगेर फुटपाठ र ठेलागाडा खाेल्न बुँदामा ‘फुटपाथ र ठेला व्यापार’ लाई पूर्ण प्रतिबन्ध लगाउन स्थानिय प्रशासनकाे ध्यानाकर्षण गराएकी हुन । उनले महानगरले वार्षिक नीति र कार्यक्रमबाट नै फुटपाथ पसल हटाउने निर्णय गरिसकेको जानकारी गराएकी छन् ।

खड्गीले महानगरको नीतिविपरीत जारि गरिएकाे निर्देशिका तत्काल सच्याउन माग गरेकी छन् । उनले भनिन ‘यसै पनि कन्ट्याक्ट ट्रेसिङ जटिल छ। यदि फुटपाथ पसल र ठेला व्यापार खोल्ने हो भने महामारी नियन्त्रणबाहिर जान्छ।’

उनले स्वास्थ्य सुरक्षा उपाय अवलम्बन गर्ने कम मात्र सम्भावना हुने, अनुगमन गर्न कठिन हुने र कन्ट्याक्ट ट्रेसिङ् जटिल हुने भएकोले आदेश सच्याएर पुनः आदेश जारी गर्न ध्यानाकर्षण गराएकी छन् ।

पछिल्लाे समय उपत्यकामा काेराेना संक्रमण बढ्दै गएकाे भन्दै फुटपाथ र ठेलागाडा चल्न नदिने जनाएका छन् ।

सम्बन्धित समाचार

अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
  • २०७७ भाद्र २६, १५: २४

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...

सुनचाँदीको मूल्यमा केही गिरावट
सुनचाँदीको मूल्यमा केही गिरावट
  • २०७७ भाद्र २६, १५: २४

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु...

सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो : सल्लाहकार शाह
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो : सल्लाहकार शाह
  • २०७७ भाद्र २६, १५: २४

काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले कानुनी जटिलताका कारण जनसरोकारका काम नरोकिउन् र जनतालाई प्रदान गर्ने सेवाको प्रवाह...