
काठमाडौं । धितोपत्र मापक नेप्से परिसूचक दोस्रो दिन पनि उच्च अंकले घटेको छ । हिजो ३२.८ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ४६.७८ अङ्कले घटेर २७९६.५७ विन्दुमा झरेको छ । चुनाव सकिएपछिको पहिलो कारोबार दिन अस्ति सोमवार तीनवटा ब्रेकरसहित १ सय ६२ अङ्कले बढेको नेप्से हिजो र आज लागातार घटेको हो ।
आज ३२९ कम्पनिका ३ करोड ६० लाख ४९ हजार ४५१ कित्ता शेयर १३ अर्ब १८ करोड २ लाख ५५ हजार १५७ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज सालपा विकास बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै नेशनल हाइड्रोको शेयर ९.९६ प्रतिशतले बढेको छ भने रिलायन्स स्पिनिंग मिल्सको शेयर ९. ३३ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी कालिका पावरको शेयर ८.४७ प्रतिशतले घटेको छ ।
३२९ कम्पनीको कारोबार हुँदा ३४ वटा कम्पनीको मात्रै मूल्य बढ्यो । बाँकी २२५ कम्पनीको मूल्य घट्दा तीन कम्पनीको स्थिर रह्यो ।आज नेप्सेसँग कारोबार रकममा पनि ठूलो गिरावट आएको छ । हिजो २१ रुपैयाँ भन्दा धेरैको कारोबार भएकोमा आज ३ सय २९ वटा कम्पनीका ३ करोड ६० लाख कित्ता शेयर १३ अर्ब १८ करोड रुपैयाँमा किनबेच भएको छ ।
काठमाडौंः वैशाख महिनाका लागि बैंकहरुले ब्याजदर घटाएका छन् । बैंकहरुले सार्वजनिक गरेको विवरण अनुसार बैंकहरूले २०८३ को वैशाख महिनामा मुद्दती...
काठमाडौंः सोमबार सुनको मूल्यमा गिरावट आएको छ । आज सुन तोलामाख ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९६ हजार...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर...