बौद्धका सइ कार्कीले भाडा नदिएको भन्दै भाडावाल युवामाथि कुटपिट – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

बौद्धका सइ कार्कीले भाडा नदिएको भन्दै भाडावाल युवामाथि कुटपिट

प्रहरी नायव निरीक्षककाे कुटपिटबाट घाइते डेरावाल विक्रम तामाङ


नयाँ विकल्प,
काठमाडौं – महानगरिय प्रहरी बृत बौद्धमा कार्यरत प्रहरी नायव निरिक्षक (सई) प्रकाश कार्कीले आफ्नो घरमा डेरा गरी बस्ने एक युवालाई निर्घात कुटपिट गरेका छन् ।

सिन्धुपाल्चोकको खाडीचौर निवासी विक्रम तामाङलाई सई कार्की र उनका पिता मिलेर कोठाभाडा दिन ढिलाई गरेको भन्दै कुटपिट गरी घाईते बनाएका बनाएका छन् ।

महानगरिय प्रहरी बृत्त बाैद्धम कार्यरत प्रहरी नायव निरिक्षक प्रकाश कार्की

कोरोना भाइरसको संक्रमणका कारण सरकारले बन्दाबन्दी र निषेधाज्ञा जारी गर्दा रोजगारी गुमाएका तामाङलाई प्रहरी अधिकृत जस्तो जिम्मेवार व्यक्तिले कुटपिट गरेपछि पीडितको सुनुवाई कसैले गरेका छैनन् ।

प्रहरी कार्यालयमा उजुरी लिएर गएमा ठीक नहुने भन्दै धम्की दिने कार्कीले छरछिमेकीलाई समेत आफू प्रहरी भएको भन्दै धम्क्याउने र साँधसीमा समेत मिच्ने गरेको आरोप लगाएका छन् ।

घरभाडामा बस्नेलाई कुटपिट गर्ने सई कार्कीलाई प्रहरीको माथिल्लो निकायले समेत कुनै सोधपुछ वा सचेत नगराउँदा बौद्धबासी त्रासमा रहेको स्थानीयवासी बताउँछन् ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७७ भाद्र २६, १६: २८

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०७७ भाद्र २६, १६: २८

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७७ भाद्र २६, १६: २८

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...