
नयाँ विकल्प,
काठमाडौं – महानगरिय प्रहरी बृत बौद्धमा कार्यरत प्रहरी नायव निरिक्षक (सई) प्रकाश कार्कीले आफ्नो घरमा डेरा गरी बस्ने एक युवालाई निर्घात कुटपिट गरेका छन् ।
सिन्धुपाल्चोकको खाडीचौर निवासी विक्रम तामाङलाई सई कार्की र उनका पिता मिलेर कोठाभाडा दिन ढिलाई गरेको भन्दै कुटपिट गरी घाईते बनाएका बनाएका छन् ।

कोरोना भाइरसको संक्रमणका कारण सरकारले बन्दाबन्दी र निषेधाज्ञा जारी गर्दा रोजगारी गुमाएका तामाङलाई प्रहरी अधिकृत जस्तो जिम्मेवार व्यक्तिले कुटपिट गरेपछि पीडितको सुनुवाई कसैले गरेका छैनन् ।
प्रहरी कार्यालयमा उजुरी लिएर गएमा ठीक नहुने भन्दै धम्की दिने कार्कीले छरछिमेकीलाई समेत आफू प्रहरी भएको भन्दै धम्क्याउने र साँधसीमा समेत मिच्ने गरेको आरोप लगाएका छन् ।
घरभाडामा बस्नेलाई कुटपिट गर्ने सई कार्कीलाई प्रहरीको माथिल्लो निकायले समेत कुनै सोधपुछ वा सचेत नगराउँदा बौद्धबासी त्रासमा रहेको स्थानीयवासी बताउँछन् ।
काठमाडौं : आजदेखि आगामी पाँच दिनसम्म मुलुकको प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान गरिएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको...
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्नेक्रम जारी छ । हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ : डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको विमानको पछाडिको दायाँतर्फको चक्का (टायर) फुत्किएको छ । नेपालगन्जबाट डोल्पाका...