हाेल्डिङ सेन्टरबाट गन्तब्यमा जाने सवारी पास समेत नक्कली – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

हाेल्डिङ सेन्टरबाट गन्तब्यमा जाने सवारी पास समेत नक्कली


नयाँ विकल्प,
काठमाडाैं-नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे ( सिआईवी ) ले विदेशमा अलपत्र परि उद्दार मार्फत नेपाल आएका नागरीकहरुलाई होल्डीङ सेन्टरबाट दिईने सवारी अनुमती पत्र (पास) किर्ते गर्ने ब्यक्तिलाइ नियन्त्रणमा लिएकाे छ ।

पक्राउ पर्नेमा गोर्खा आरुघाट गाउपालीका-१० घर भइ काठमाडाैं महानगरपालिका-२६ बस्ने २७ बर्षका बिश्व प्रकाश पनेरु छन् । उनलाइ सिआईवीकाे टाेलीले टोखा नगरपालिका- ७ तिलिंगेटारबाट पक्राउ गरेकाे हाे ।

सिआइवीले कोभिड-१९ को विश्वव्यापी संक्रमणका कारण विदेमा अलपत्र परि नेपाल सरकारले उद्दार गरि स्वदेश आएका नेपाली नागरीकहरुलाई होल्डीङ सेन्टरबाट दिईने सवारी अनुमती पत्र (पास) किर्ते गरेकाे एउटा नक्कली पास दुइ हजारमा बेचेकाे सुचनाका आधारमा उनलाइ पक्राउ गरेकाे जनाएकाे छ ।

पक्राउ परेका पनेरू पानस ब्याङ्क्वेट होल्डीङ सेन्टरमा नेपाल टेलिकमको सिम बितरण गर्न खटिएका डिलर प्रतिनिधि हुन् ।

उनले कोभिड-१९ संकट व्यबस्थापन संचालन केन्द्र, छाउनी काठमाण्डौबाट जारी गरीएको विदेशमा अलपत्र परी उद्दार गरीएका यात्रुहरुलाई आ-आफ्नो घर ठेगानामा पठाउनका लागी होल्डीङ सेन्टरबाट दिईने सवारी अनुमती पत्र (सवारी पास) किर्ते सहिछाप गरी सर्बसाधारण व्यक्तिहरुलाई प्रति थान रु २०००(दुई हजार) मा बिक्रि बितरण गर्दै आएका थिए ।

उनलाइ सिआइवीकाे टालीले पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी वृत्त महाराजगंज पठाईएको छ । उनकाे साथबाट काेभिड-१९ संकट व्यबस्थापन संचालन केन्द्र, छाउनी काठमाण्डौबाट जारी गरीएको सही छाप गरेको पास -१ थान ,सही छाप नगरेको पास -१ थान गरि दुइवटा नक्कली पास बरामद गरेकाे सिआइवीले जनाएकाे छ ।

सम्बन्धित समाचार

अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
  • २०७७ भाद्र २६, १८: ११

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...

सुनचाँदीको मूल्यमा केही गिरावट
सुनचाँदीको मूल्यमा केही गिरावट
  • २०७७ भाद्र २६, १८: ११

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु...

सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो : सल्लाहकार शाह
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो : सल्लाहकार शाह
  • २०७७ भाद्र २६, १८: ११

काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले कानुनी जटिलताका कारण जनसरोकारका काम नरोकिउन् र जनतालाई प्रदान गर्ने सेवाको प्रवाह...