४७ अंकले घट्यो नेप्से, १२ अर्ब ९६ करोडको कारोबार – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

४७ अंकले घट्यो नेप्से, १२ अर्ब ९६ करोडको कारोबार

काठमाडौं ।  धितोपत्र मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार (चैत १६) पनि उच्च अंकले घटेको छ ।  अघिल्लो कारोबार दिन आइतबार पनि घटेको बजारले सोमबार समेत सोही प्रवृत्तिलाई निरन्तरता दिएको हो ।

बालेन शाहको नेतृत्वमा सरकार बनेपछिको दोस्रो दिनको कारोबारमा पनि ठुलो गिरावट आएको छ ।घटेको बजारमा १२ अर्ब ९६ करोड रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार भने १५ अर्बभन्दा बढीको कारोबार भएको थियो ।

आजको बजारमा कुल २३७ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ भने जम्मा २६ कम्पनीको मूल्य मात्र बढेको छ। ५ वटा कम्पनीको मूल्य भने स्थिर छ ।

यससँगै सेन्सेटिभ इण्डेक्स ७.९० अंकले घटेको छ भने फ्लोट इण्डेक्स ३.२० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५५ अंकले ओरालो लागेको छ । यसदिन कारोबार रकमसमेत घटेको छ । आइतबार १५ अर्ब ३ करोड रुपैयाँको कारोबार भएको बजारमा सोमबार ३४१ स्टकको १ लाख ५९ हजार ३२८ पटकको कारोबारमा १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार रुपैयाँबराबरको ३ करोड १६ लाख ६ हजार कित्ता शेयर किनबेच भएको छ । गिरावटका बीच केही कम्पनीका शेयरमा भने सकारात्मक उछाल देखिएको छ ।

त्यस्तै आज सबै भन्दा बढी रिढी हाइड्रोको ६८ करोड ४१ लाख बराबरको कारोबार भएको छ भने एनगाडी ग्रुपको शेयर ४३ करोड ८१ लाख बराबरको कारोबार भएको छ ।

सम्बन्धित समाचार

अर्थतन्त्रको आकार ६६ खर्ब
अर्थतन्त्रको आकार ६६ खर्ब
  • २०८२ चैत्र १६, १६: ३८

काठमाडौं : अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्‍मा चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् । आर्थिक सर्वेक्षण प्रस्तुत...

दुध किसानलाई १२ करोड भुक्तानी
दुध किसानलाई १२ करोड भुक्तानी
  • २०८२ चैत्र १६, १६: ३८

काठमाडौं : दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दुध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी गरेको छ । पछिल्लो चार महिनाको करिब ५८ करोडमध्ये...

तोलामा एक हजारले घट्यो सुनको मूल्य
तोलामा एक हजारले घट्यो सुनको मूल्य
  • २०८२ चैत्र १६, १६: ३८

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला...