
काठमाडौँ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्रको आन्तरिक कलह र असन्तुष्टि फेरि सतहमा आएको छ। पार्टीको संस्थापनइतर समूहले अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैली र हालैको चुनावी परिणामलाई लिएर गम्भीर प्रश्न उठाउँदै नयाँ महाधिवेशनको माग गरेको छ। पार्टीलाई पुनर्जीवन दिन र नयाँ नेतृत्व चयन गर्न भन्दै असन्तुष्ट समूहले तीन बुँदे माग अघि सारेको छ |
निष्पक्ष महाधिवेशन आयोजक समितिस् सन्तुलित र विश्वसनीय वातावरणमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्न एक निष्पक्ष व्यक्तिको संयोजकत्वमा आयोजक समिति गठन गरिनुपर्ने।महाधिवेशनको मिति घोषणास् आगामी एक हप्ताभित्रै केन्द्रीय महाधिवेशनको मिति घोषणा गरिनुपर्ने।
छानबिन समिति गठनस् एकता महाधिवेशनपछि पार्टीको विधान र अनुशासन विपरीत भएका काम कारवाहीबारे छानबिन गरी आगामी महाधिवेशनमा प्रतिवेदन पेस गर्न एक छानबिन समिति गठन गरिनुपर्ने।
पार्टीको केन्द्रीय कार्यसमितिको कार्यकाल सकिएर हाल अतिरिक्त अवधिमा रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘नेतृत्वको ढिलासुस्ती र अस्पष्ट दिशाका कारण देशभरका कार्यकर्तामा शून्यता र निराशा छाएको छ। धेरैले पार्टी परित्याग गर्ने क्रम जारी रहेकाले तत्काल नयाँ जनादेशमा जानुको विकल्प छैन।’
महामन्त्री धवलशमशेर राणा लगायतका नेताहरूको हस्ताक्षर रहेको उक्त विज्ञप्तिले राप्रपाभित्र आगामी दिनमा आन्तरिक संघर्ष थप चर्किने संकेत गरेको छ।
काठमाडौं : प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित...
काठमाडौं : गृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवरण सार्वजनिक भएको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार गुरुङसँग...
काठमाडौं । प्रधानमन्त्री बालेन शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्री शाहसहित मन्त्रिपरिषद्का...