मंगलबार नेप्सेमा गिरावट, सूचक १७.९१ अंकले घटेर २८०७.३१ विन्दुमा बन्द – Naya Bikalpa
April 21, 2026, Tuesday      Epaper

मंगलबार नेप्सेमा गिरावट, सूचक १७.९१ अंकले घटेर २८०७.३१ विन्दुमा बन्द

काठमाडौँ । नेपालको धितोपत्र बजार मापक सूचक नेप्सेमा मंगलबार पनि गिरावट देखिएको छ। आज नेप्से १७.९१ अंकले घटेर २८०७.३१ विन्दुमा झरेर बन्द भएको हो।आज कुल ३४७ कम्पनीका एक करोड ३० लाख १९ हजार ५५ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७७ करोड ४३ लाख १७ हजार ८७९ रुपैयाँ बराबरको कारोबार भएको छ।

क्षेत्रगत रूपमा हेर्दा होटल्स समूह बाहेक अन्य सबै समूहको सूचक घटेको छ, जसले बजारमा समग्र दबाब रहेको संकेत गर्छ।यसैबीच, सुर्यकुण्ड हाइड्रोपावर र पाल्पा सिमेन्टको शेयर मूल्य १५ प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ भने शिखर पावरको शेयर १४.९९ प्रतिशतले उकालो लागेको छ।

आज सबैभन्दा बढी गिरावट डोल्टी पावरको शेयरमा देखिएको छ, जसको मूल्य ८.७१ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर अग्रस्थानमा रहेको छ, जसको ३७ करोड ७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसपछि रिलायन्स स्पिनिङ मिल्सको ३० करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

सम्बन्धित समाचार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
  • २०८३ बैशाख ८, १६: ०६

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर तीन...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८३ बैशाख ८, १६: ०६

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको...

कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
  • २०८३ बैशाख ८, १६: ०६

काठमाडौँ : नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको...