झापामा भारतको सहयोगमा निर्माण हुने विद्यालय भवनको शिलान्यास – Naya Bikalpa
April 23, 2026, Thursday      Epaper

झापामा भारतको सहयोगमा निर्माण हुने विद्यालय भवनको शिलान्यास

झापा : झापामा भारतको सहयोगमा विद्यालय भवन निर्माण कार्य सुरु गरिएको छ ।

गौरादह नगरपालिका–१ स्थित जनता माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि आज शिलान्यास गरिएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, काठमाडौंस्थित भारतीय राजदूतावासकी काउन्सलर गीतांजलि ब्रेन्डन र गौरादह नगरपालिकाका मेयर छत्रपति सुबेदीले संयुक्त रूपमा शिलान्यास गरेका हुन्।

भारत सरकारको करिब ५.८ करोड रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुने उक्त भवन ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ अन्तर्गत गौरादह नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ।

कार्यक्रममा मुख्यमन्त्री कार्कीसहित सरोकारवालाहरूले भारत सरकारको विकास सहयोगको प्रशंसा गर्दै नयाँ भवनले विद्यार्थी र शिक्षकका लागि गुणस्तरीय सिकाइ वातावरण निर्माणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

नेपाल–भारतबीच नजिकको छिमेकी सम्बन्धअन्तर्गत बहुक्षेत्रीय सहकार्य भइरहेका बेला यस्ता परियोजनाले स्थानीय पूर्वाधार विकास र समृद्धिमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

मन्त्रिपरिषद्को सिफारिसपछि रोकियो संघीय संसद् अधिवेशन
मन्त्रिपरिषद्को सिफारिसपछि रोकियो संघीय संसद् अधिवेशन
  • २०८३ बैशाख १०, २०: ०१

काठमाडौँ : सरकारले पूर्वनिर्धारित मितिमा बोलाइएको संघीय संसद्को अधिवेशन स्थगन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपतिको कार्यालयमार्फत उक्त...

शेखर गोल्छा पक्राउ
शेखर गोल्छा पक्राउ
  • २०८३ बैशाख १०, २०: ०१

काठमाडौं : प्रहरीले व्यवसायी शेखर गोल्छालाई पक्राउ गरेको छ । उनलाई काठमाडौं नारायण चौरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले...

सुकम्बासी बस्तीमा डोजर चले प्रतिकार गर्न तयार रहेको सुकुम्बासी संघको चेतावनी
सुकम्बासी बस्तीमा डोजर चले प्रतिकार गर्न तयार रहेको सुकुम्बासी संघको चेतावनी
  • २०८३ बैशाख १०, २०: ०१

काठमाडौं, १० वैशाख । सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारी तयारीले सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएकाहरु त्रसित भएका छन् । सुकुम्बासीको...