
धनकुटा : नेपाली कांग्रेस धनकुटाले १० गतेवाट धनकुटामा पार्टी संगठन सुद्रीकरण तथा संगठन विस्तारको लागि जरा अभियान सुरु भएको छ। नेपाली कांग्रेस का केन्द्रीय सदस्य शारदा कोइराला केन्द्रीय प्रतिनिधि र जिल्ला पार्टी सभापति दिनेश राईले फुलको वृक्षको जरामा पानी सिन्चित गरी जरा अभियानको जरा अभियानको सुरु गर्दै केन्द्रीय सदस्य शारदा कोइरालाले जरा अभियानले कांग्रेसलाई सशक्त र सक्रिय बनाउने बताइन् ।
जिल्ला सभापति दिनेश राईले जरा अभियानले कांग्रेसलाई बदल्ने र कांग्रेसलाई नागरिकको बीचमा पुनस्थापित गराउने बताए । कार्यक्रममा जिल्ला सचिव विजय सन्तोष राईले जरा अभियान को महत्वको बारेमा प्रकाश पारेका थिए भने अर्का जिल्ला सचिव जयन्द्र घिसिङले जरा अभियानमा गर्नुपर्ने कार्यहरूको बारेमा प्रकाश पारेका थिए ।

स्वागत मन्तव्य जिल्लाको सहध्यक्ष सरस्वती मगरले गरेकि थिइन कार्यक्रममा महासमिति सदस्य आनन्द सन्तोषी राई, महासमिति सदस्य महेन्द्र निरौला जिल्ला सहसचिव गिरिजाप्रसाद दाहाल , क्षेत्रीय सभापति एवं साँगुरीगढ गाउँपालिकाका अध्यक्ष जितेन्द्र राई, महाधिवेशन प्रतिनिधि खेम पौडेल, जिल्ला सदस्य प्रीति बान्तवा , मिन कार्की ,पदम गुरुङ ,निरुपा राई, पुरेन्द्रलाल श्रेष्ठ, क्षेत्रीय उपसभापति मिलन खड्की, चौबीसे गाउँपालिकाका पार्टी कार्यवाहक सभापति कमल बराल, वडा सभापतिहरू वीर बहादु तामाङ, हरि तिम्सिना ,अमराज खनाल ,कृष्ण लिम्बु ,वडाध्यक्ष नगेन्द्र पाण्डे ,लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष शम्भु प्रधान, नेपाल किसान महासंघका अध्यक्ष दिलकुमार राई, नेपाल दलित सङ्घका कोषाध्यक्ष इन्दु धर्ना लगायतले नेपाली कांग्रेसलाई अब नागरिकसम्म जोड्नको लागि जरा अभियान नयाँ ढङ्गबाट सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेस धनकुटाले जरा अभियान सञ्चालन गर्न सातवटै पालिका र ६० वटै वडाहरुमा प्रतिनिधिहरु पठाउने र वडा तथा टोलहरुमा क्रियाशील सदस्यता अध्यावधिक गर्ने र नयाँ क्रियाशील सदस्यता वितरण गर्ने बदलिदो परिस्थितिमा पार्टीको नीति तथा कार्यक्रम र कांग्रेसको अभियानको बारेमा व्यापक रुपमा नागरिकहरूसँग छलफल गर्ने र नागरिकको पक्षमा काम गर्ने जिल्ला सचिव विजय सन्तोष राईले बताए ।

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले आङ्देम्बेलाई दलको नेतामा...
काठमाडौं : सशस्त्र प्रहरी बलको १३औं महानिरीक्षक (आइजिपी) मा नारायणदत्त पौडेल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक...
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले सुकुम्वासी बस्ती स्थानान्तरण हुँदा मर्कामा परेका विद्यार्थीहरूको सुरक्षा र सहजिकरणबारे ६ बुँदे सर्कुलर...