बागमती प्रदेश सरकारका कर्मचारीलाई मुख्यमन्त्री बानियाँको कडा निर्देशन – Naya Bikalpa
April 27, 2026, Monday      Epaper

बागमती प्रदेश सरकारका कर्मचारीलाई मुख्यमन्त्री बानियाँको कडा निर्देशन

हेटौंडा : बागमती प्रदेश सरकारले सरकारी कार्यालयहरूमा कर्मचारीहरूको उपस्थिति र सेवा प्रवाह सुधार गर्न डिजिटल हाजिरी प्रणाली कडाइका साथ लागू गर्न निर्देशन दिएको छ । कार्यालय समयमा कर्मचारीहरू अनुपस्थित हुने, हाजिर भएर पनि टेबलमा नबस्ने तथा खाजा खाने बहानामा लामो समय बाहिर बस्ने गुनासो बढेपछि यस्तो कदम चालिएको हो ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रालयदेखि मातहतका सबै कार्यालयहरूलाई कडा निर्देशन दिँदै सेवा प्रवाह छिटो, छरितो र पारदर्शी बनाउन जोड दिएका छन् । उनी नियुक्त भएदेखि नै प्रशासनिक कामकारबाही प्रभावकारी बनाउन पहल गर्दै आएका भए पनि अपेक्षित सुधार नदेखिएपछि थप कडाइ गरिएको जनाइएको छ । केही दिनअघि उनले प्रमुख सचिवको कार्यसम्पादनप्रति समेत असन्तुष्टि व्यक्त गरेका थिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार कर्मचारीहरू समयमा कार्यालय नपुग्ने, तोकिएको समयसम्म नबस्ने र खाजा समय भन्दै घण्टौँ बाहिर रहने प्रवृत्तिले सेवाग्राहीलाई सास्ती भएको गुनासो बढ्दै गएको छ । यसले सरकारको समग्र कार्यसम्पादनमा नकारात्मक असर पारेको निष्कर्ष निकालिएको छ ।

यसै सन्दर्भमा कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयहरूलाई विद्युतीय हाजिरी प्रणाली पूर्ण रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। कर्मचारीहरूको आउने–जाने, काज तथा बिदा लगायत सबै विवरण डिजिटल प्रणालीमार्फत अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी, प्रत्येक महिनाको हाजिरी विवरण प्रिन्ट गरी प्रमाणित अभिलेख तयार पारेर महिना सकिएको तीन कार्यदिनभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाउन पनि भनिएको छ ।

सरकारले यस व्यवस्थाबाट कर्मचारी अनुशासन सुदृढ हुने र सेवाग्राहीले छिटो तथा पारदर्शी सेवा पाउने अपेक्षा गरेको छ ।

सम्बन्धित समाचार

कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे सर्वसम्मत चयन
कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे सर्वसम्मत चयन
  • २०८३ बैशाख ११, १७: १२

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले आङ्देम्बेलाई दलको नेतामा...

सशस्त्र प्रहरीको आइजिपीमा नारायणदत्त पौडेल नियुक्त
सशस्त्र प्रहरीको आइजिपीमा नारायणदत्त पौडेल नियुक्त
  • २०८३ बैशाख ११, १७: १२

काठमाडौं : सशस्त्र प्रहरी बलको १३औं महानिरीक्षक (आइजिपी) मा नारायणदत्त पौडेल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक...

सुकुम्वासी बस्तीका विद्यार्थीको सुरक्षा र समन्वयबारे शिक्षामन्त्रीको ६ बुँदे सर्कुलर
सुकुम्वासी बस्तीका विद्यार्थीको सुरक्षा र समन्वयबारे शिक्षामन्त्रीको ६ बुँदे सर्कुलर
  • २०८३ बैशाख ११, १७: १२

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले सुकुम्वासी बस्ती स्थानान्तरण हुँदा मर्कामा परेका विद्यार्थीहरूको सुरक्षा र सहजिकरणबारे ६ बुँदे सर्कुलर...