कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्दै, दलको नेता चयन प्रक्रिया अघि बढ्ने – Naya Bikalpa
April 27, 2026, Monday      Epaper

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्दै, दलको नेता चयन प्रक्रिया अघि बढ्ने

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बिहान ११ बजे बस्ने भएको छ । पार्टीभित्र संसदीय दलको नेतृत्व चयनसम्बन्धी प्रक्रिया अघि बढाउने तयारीका साथ बैठक आह्वान गरिएको हो ।

पार्टीका सहमहामन्त्री तथा निर्वाचन समिति संयोजक प्रकाश रसाइली ‘स्नेही’ का अनुसार बैठकमा सभापति गगन थापाले सहमतिको आधारमा संसदीय दलको नेताका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

बैठक सम्पन्न भएपछि सोही दिन दिउँसो १ बजे पार्टी संसदीय दलको कार्यालयमा सांसदहरूसँग थप छलफल हुने कार्यतालिका तय गरिएको उनले जानकारी दिए ।

उनका अनुसार सभापतिबाट प्रस्तुत प्रस्ताव अनुसार संसदीय दलको विधानको धारा ५ बमोजिम दल नेताको चयन प्रक्रिया औपचारिक रूपमा अघि बढाइनेछ । यसअघि सहमतिको प्रयासलाई प्राथमिकता दिँदै शुक्रबारका लागि तय गरिएको निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो ।

सम्बन्धित समाचार

कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे सर्वसम्मत चयन
कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे सर्वसम्मत चयन
  • २०८३ बैशाख १३, १५: ५३

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले आङ्देम्बेलाई दलको नेतामा...

सशस्त्र प्रहरीको आइजिपीमा नारायणदत्त पौडेल नियुक्त
सशस्त्र प्रहरीको आइजिपीमा नारायणदत्त पौडेल नियुक्त
  • २०८३ बैशाख १३, १५: ५३

काठमाडौं : सशस्त्र प्रहरी बलको १३औं महानिरीक्षक (आइजिपी) मा नारायणदत्त पौडेल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक...

सुकुम्वासी बस्तीका विद्यार्थीको सुरक्षा र समन्वयबारे शिक्षामन्त्रीको ६ बुँदे सर्कुलर
सुकुम्वासी बस्तीका विद्यार्थीको सुरक्षा र समन्वयबारे शिक्षामन्त्रीको ६ बुँदे सर्कुलर
  • २०८३ बैशाख १३, १५: ५३

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले सुकुम्वासी बस्ती स्थानान्तरण हुँदा मर्कामा परेका विद्यार्थीहरूको सुरक्षा र सहजिकरणबारे ६ बुँदे सर्कुलर...