सार्वजनिक यातायातको भाडा पुनः ५ प्रतिशत वृद्धि – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

सार्वजनिक यातायातको भाडा पुनः ५ प्रतिशत वृद्धि

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ। सार्वजनिक यात्रुवाहक सवारी, पहाडी क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारी तथा तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीको भाडा दरमा पाँच–पाँच प्रतिशतले वृद्धि गरिएको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको वैशाख १२ गतेको निर्णयअनुसार बुधबारदेखि लागू हुने गरी दुई वा दुईभन्दा बढी प्रदेश जोड्ने राष्ट्रिय स्तरका रुटमा सञ्चालन हुने विद्युतीय सवारी बाहेकका सार्वजनिक यातायातमा नयाँ भाडादर लागू गरिएको मन्त्रालयले जनाएको छ।

यसअघि पनि सरकारले चैत २५ गते सार्वजनिक यातायातको भाडा वृद्धि गरेको थियो। लगातारको भाडा वृद्धिले सर्वसाधारण यात्रुमा थप आर्थिक भार परेको छ।

सम्बन्धित समाचार

याम्बालिङ हाइड्रोपावरको आइपिओ आजदेखि खुला, १७.४३ लाख कित्ता सर्वसाधारणका लागि
याम्बालिङ हाइड्रोपावरको आइपिओ आजदेखि खुला, १७.४३ लाख कित्ता सर्वसाधारणका लागि
  • २०८३ बैशाख १६, १५: ११

काठमाडौं । याम्बालिङ हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन (आइपिओ) खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १७...

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
  • २०८३ बैशाख १६, १५: ११

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार रुपैयाँले घटेर दुई लाख ९४...

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
  • २०८३ बैशाख १६, १५: ११

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार रुपैयाँले घटेर दुई लाख ९७...