
काठमाडौँ । नेपाली कांग्रेसले आजदेखि बागमती प्रदेशस्तरीय भेला सुरु गर्दैछ । कांग्रेसको नीति तथा अनुसन्धान प्रतिष्ठानले सातै प्रदेशमा सञ्चालन गरिरहेको ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ अन्तर्गत बागमती प्रदेशको भेला आज र भोलि धुलिखेलमा आयोजना गरिएको हो ।
भेलामा पार्टी सभापति, उपसभापति विश्वप्रकाश शर्मा लगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आगामी राजनीतिक कार्यदिशा, निर्वाचन समीक्षा तथा सुशासनका विषयमा केन्द्रित छलफल हुने जनाइएको छ ।
भेलामा केन्द्रीय कार्यसमितिका सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, १० वटै जिल्लाका सभापति, प्रतिनिधिसभा सदस्य, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुखहरूको सहभागिता रहनेछ ।
यसअघि कांग्रेसले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा भेला सम्पन्न गरिसकेको छ भने आगामी दिनमा मधेश, कोशी र लुम्बिनी प्रदेशमा पनि भेला गर्ने कार्यक्रम रहेको छ ।
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो...
काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक बुधबार छुट्टाछुट्टै बस्ने भएको छ। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११...
वीरगञ्ज : भारत सरकारले नेपाललाई १० वटा कैदी बोक्ने ट्रक हस्तान्तरण गरेको छ । भारतका वीरगञ्जस्थित महावाणिज्यदूत देवी सहाय मीणाले...