नेप्सेमा लगातार गिरावट, कारोबार रकम ३ अर्बमाथि – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper

नेप्सेमा लगातार गिरावट, कारोबार रकम ३ अर्बमाथि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज पनि गिरावट आएको छ । मंगलबार नेप्से ६.५१ अंकले घटेर २७२४.३९ विन्दुमा पुगेर बन्द भएको हो ।

आज ३४६ कम्पनीका ७८ लाख १६ हजार ४७८ कित्ता शेयर ३ अर्ब ८ करोड ७७ लाख ३० हजार ९६२ रुपैयाँमा कारोबार भएको छ ।

कारोबार भएका समूहमध्ये विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूह बाहेक अन्य सबै समूहको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा बढीकर्पोरेट विकास बैंकको शेयर मूल्य १४.२६ प्रतिशतले वृद्धि भएको छ भने नेपाल रिपब्लिक मिडिया को शेयर ६.४१ प्रतिशतले बढेको छ ।

यता सिटी होटलको शेयर मूल्य सबैभन्दा बढी ६.८४ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा पनि सिटी होटल अग्रस्थानमा रहेको छ । कम्पनीको २३ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार हुँदा Sahas Urja को ९ करोड १६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

सम्बन्धित समाचार

भारतीय बजारमा नेपाली थकालीको प्रवेश, जिम्बु थकालीको अन्तर्राष्ट्रिय यात्रा सुरु
भारतीय बजारमा नेपाली थकालीको प्रवेश, जिम्बु थकालीको अन्तर्राष्ट्रिय यात्रा सुरु
  • २०८३ जेष्ठ ५, १६: ०५

काठमाडौं : नेपाली थकाली परिकार अब भारतीय बजारमा पनि औपचारिक रूपमा प्रवेश गर्ने भएको छ। काठमाडौंमा स्थापित लोकप्रिय ब्रान्ड जिम्बु...

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन
लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन
  • २०८३ जेष्ठ ५, १६: ०५

काठमाडौं : अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन गरेका छन् । बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८३ जेष्ठ ५, १६: ०५

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...