
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसदमा प्लेकार्ड प्रदर्शनसहितको विरोध कार्यक्रम निरन्तर जारी रहने बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकपछि संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै साम्पाङले जनताको पक्षमा, संसदको गरिमा र विधि–विधानको रक्षाका लागि आफू निलम्बन हुनसमेत तयार रहेको बताएका हुन् ।
उनले आज पनि आफूलाई निलम्बन गर्न भनिएको तर त्यसो नगरिएको उल्लेख गर्दै सभामुख सबै दलप्रति समान र साझा हुनुपर्ने धारणा राखे । संसदीय दलका नेताहरूलाई बोल्न समय तोक्ने शैली उचित नभएको टिप्पणी गर्दै उनले सभामुख दलविशेषको नभई सम्पूर्ण संसदको हुनुपर्ने बताए ।
साम्पाङले आफूहरूले उठाएका प्रश्नहरूको जवाफ नपाएको भन्दै विरोधका कार्यक्रम जारी रहने स्पष्ट पारे । उनले सरकार जनताप्रति जवाफदेही छ वा छैन भन्ने मूल्यांकन जनताले गर्ने उल्लेख गर्दै पाँचै वर्ष निरन्तर खबरदारी गर्ने बताए ।
उनले दुई–तीन दिनको विरोधपछि मन्त्रीहरू संसदमा उपस्थित भए पनि प्रश्न गर्ने अवसर सभामुखले नदिएको आरोपसमेत लगाए ।
काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक बुधबार छुट्टाछुट्टै बस्ने भएको छ। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११...
वीरगञ्ज : भारत सरकारले नेपाललाई १० वटा कैदी बोक्ने ट्रक हस्तान्तरण गरेको छ । भारतका वीरगञ्जस्थित महावाणिज्यदूत देवी सहाय मीणाले...
काठमाडौं : वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत पर्साले आज मेयर सिंहविरुद्ध पक्राउ...