
नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गणेशमान सिंहबाट नेपाली राजनीतिले सिद्धान्त र आदर्शको राजनीति गर्ने प्रेरणा लिए देश र जनताको हित हुने बताएका छन् ।
जनआन्दोलन २०४६ का कमाण्डर तथा नेपाली कांग्रेसका सर्वोच्च नेता सिंहको २३ औं स्मृति दिवसका अवसरमा सिंह निवास चाक्सिवारीमा आयोजित कार्यक्रममा नेता सिंहले गणेशमानजीले सिद्धान्त, निष्ठा र मूल्यको राजनीति गरेको भन्दै त्यसबाट प्रेरणा लिनुपर्ने बताएका हुन् ।
‘नेपालमा सक्रिय जति राजनीतिक दल र नेता कार्यकर्ता हुनुहुन्छ, उहाँले सिद्धान्त र आदर्शको राजनीति गर्ने जुन प्रेरणा दिनुभयो त्यहि मार्गमा हिँडेको खण्डमा मात्रै नेपल र नेपालीको भलो हुन्छ’, सिंहले पिता गणेशमानलाई स्मरण गर्दै भने ।

नेपालमा प्रजातन्त्र स्थापना गर्न र जनताको अधिकार सुरक्षित गर्न ६ दशक लामो राजनीतिक जीवनमा गणेशमान सिंहले १५ वर्ष जेल र १५ वर्ष निर्वासनमा विताएको पनि बताए । प्रजातान्त्रका लागि ठूलो संघर्ष गरेको र कष्ट सहेकैले उनलाई नेपाली जनताले सँधै सम्झिरहने उनले वताए ।
त्यस्तै नेता सिंहले गणेशमान सिंहको स्वच्छ निष्कलंकित छविकै कारण कांग्रेसको आव्हानमा भएको०४६ सालको जनआन्दोलनमा कम्युनिष्ट पार्टीहरूले उहाँको नेतृत्व स्विकारेको पनि सिंहले बताए ।

सर्वमान्य नेता सिंहको नेतृत्वमा ०४६ सालको जनआन्दोलन संयुक्त भन्दा पनि कार्यगत एकताका आधारका भएको उनले बताए ।
नेता सिंहले सरकारले कोरोना महामारीका बेलाका जनताकम लागि गर्नुपर्ने न्यूनतम काम पनि नगरेको बताए । मेडिकल सामाग्रि खरिदमा समेत घोटाला हुँदा जनताले सरकारसँग चित्त दुखाएको सिंहको भनाई थियो ।

दुई तिहाई नजिकको सरकारले संविधानको भावनाअनुसार संघीय कानुन नबनाइँदिँदा स्थानीय सरकारलाई काम गर्न समस्या भएको पनि उनले बताए । देश सघीयतामा गइसकेपनि सरकारको ध्यान केन्द्रीयकरणमै रहेको भन्दै संविधानको मर्म र भावना विपरित नजान सरकारलाई सिंहले सचेत गराए ।
जनताले करिब दुई तिहाई मत सुशासनका लागि दिए पनि सरकार ललिता निवास प्रकरण, यति होल्डिंग्स, सेक्युरिटी प्रेस खरिद लगायतका आर्थिक अनियमितताको प्रकरणमा मुछिएको आरोप लगाए ।

लौहपुरुषको उपनामबाट समेत परिचित सिंहको २०५४ साल असोज २ गते चाक्सिवारीमा निधन भएको थियो । नेपाली कांग्रेसका संस्थापक नेता सिंह निस्वार्थी र त्यागी राजनेताको रुपमा परिचित छन् ।
२०४६ को जनआन्दोलनपछि घोषणा भएको बहुदलिय प्रजातन्त्र कालमा तत्कालिन राजा बीरेन्द्र शाहद्वारा अन्तरिम सरकारको प्रधानमन्त्री बन्न गरिएको आग्रहलाई अस्वीकार गर्दै कांग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईको नाम प्रस्ताव गरेका थिए ।

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...