‘गणेशमानको सिद्धान्त र आदर्शको राजनीतिबाट प्रेरणा लिए देशको हित’ – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper
लौहपुरुष गणेशमान सिंहको २३ औं स्मृति दिवस

‘गणेशमानको सिद्धान्त र आदर्शको राजनीतिबाट प्रेरणा लिए देशको हित’

लाैहपुरूषा गणाेशमान सिंहकाे तस्वीरमा माल्यार्पण गर्दै नेपाली ककांग्रेस नेता प्रकाशमान सिंह ।



नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गणेशमान सिंहबाट नेपाली राजनीतिले सिद्धान्त र आदर्शको राजनीति गर्ने प्रेरणा लिए देश र जनताको हित हुने बताएका छन् ।

जनआन्दोलन २०४६ का कमाण्डर तथा नेपाली कांग्रेसका सर्वोच्च नेता सिंहको २३ औं स्मृति दिवसका अवसरमा सिंह निवास चाक्सिवारीमा आयोजित कार्यक्रममा नेता सिंहले गणेशमानजीले सिद्धान्त, निष्ठा र मूल्यको राजनीति गरेको भन्दै त्यसबाट प्रेरणा लिनुपर्ने बताएका हुन् ।

‘नेपालमा सक्रिय जति राजनीतिक दल र नेता कार्यकर्ता हुनुहुन्छ, उहाँले सिद्धान्त र आदर्शको राजनीति गर्ने जुन प्रेरणा दिनुभयो त्यहि मार्गमा हिँडेको खण्डमा मात्रै नेपल र नेपालीको भलो हुन्छ’, सिंहले पिता गणेशमानलाई स्मरण गर्दै भने ।

लाैहपुरूषा गणाेशमान सिंहकाे तस्वीरमा माल्यार्पण गर्दै नेपाली कांग्रेस नेता प्रकाशमान सिंह ।

नेपालमा प्रजातन्त्र स्थापना गर्न र जनताको अधिकार सुरक्षित गर्न ६ दशक लामो राजनीतिक जीवनमा गणेशमान सिंहले १५ वर्ष जेल र १५ वर्ष निर्वासनमा विताएको पनि बताए । प्रजातान्त्रका लागि ठूलो संघर्ष गरेको र कष्ट सहेकैले उनलाई नेपाली जनताले सँधै सम्झिरहने उनले वताए ।

त्यस्तै नेता सिंहले गणेशमान सिंहको स्वच्छ निष्कलंकित छविकै कारण कांग्रेसको आव्हानमा भएको०४६ सालको जनआन्दोलनमा कम्युनिष्ट पार्टीहरूले उहाँको नेतृत्व स्विकारेको पनि सिंहले बताए ।

लाैहपुरूषा गणाेशमान सिंहकाे तस्वीरमा माल्यार्पण गरेपछि नेपाली कांग्रेस नेता सिंह (बीचमा) र काठमाडाैं जिल्ला सभापति सवुज (कृष्ण वानियाँ ।

सर्वमान्य नेता सिंहको नेतृत्वमा ०४६ सालको जनआन्दोलन संयुक्त भन्दा पनि कार्यगत एकताका आधारका भएको उनले बताए ।

नेता सिंहले सरकारले कोरोना महामारीका बेलाका जनताकम लागि गर्नुपर्ने न्यूनतम काम पनि नगरेको बताए । मेडिकल सामाग्रि खरिदमा समेत घोटाला हुँदा जनताले सरकारसँग चित्त दुखाएको सिंहको भनाई थियो ।

लाैहपुरूषा गणाेशमान सिंहकाे तस्वीरमा माल्यार्पण गरेपछि नेपाली कांग्रेस नेता सिंह र श्रीमती श्रृजना सिंह र परिवारका सदस्यहरू ।

दुई तिहाई नजिकको सरकारले संविधानको भावनाअनुसार संघीय कानुन नबनाइँदिँदा स्थानीय सरकारलाई काम गर्न समस्या भएको पनि उनले बताए । देश सघीयतामा गइसकेपनि सरकारको ध्यान केन्द्रीयकरणमै रहेको भन्दै संविधानको मर्म र भावना विपरित नजान सरकारलाई सिंहले सचेत गराए ।

जनताले करिब दुई तिहाई मत सुशासनका लागि दिए पनि सरकार ललिता निवास प्रकरण, यति होल्डिंग्स, सेक्युरिटी प्रेस खरिद लगायतका आर्थिक अनियमितताको प्रकरणमा मुछिएको आरोप लगाए ।

लाैहपुरूषा गणाेशमान सिंहकाे तस्वीरमा माल्यार्पणपछि कांग्रेस नेता सिंह परिवारका सदस्य, पार्टी कार्यकर्ता र शुभचिन्तकसँग सामूहिक तस्वीर खिच्दै ।

लौहपुरुषको उपनामबाट समेत परिचित सिंहको २०५४ साल असोज २ गते चाक्सिवारीमा निधन भएको थियो । नेपाली कांग्रेसका संस्थापक नेता सिंह निस्वार्थी र त्यागी राजनेताको रुपमा परिचित छन् ।

२०४६ को जनआन्दोलनपछि घोषणा भएको बहुदलिय प्रजातन्त्र कालमा तत्कालिन राजा बीरेन्द्र शाहद्वारा अन्तरिम सरकारको प्रधानमन्त्री बन्न गरिएको आग्रहलाई अस्वीकार गर्दै कांग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईको नाम प्रस्ताव गरेका थिए ।

लाैहपुरूषा गणाेशमान सिंहकाे तस्वीरमा माल्यार्पण गर्दै नेपाली कांग्रेस काठमडाैंका सभापित सबुज (कृष्ण) बानियाँ ।

सम्बन्धित समाचार

कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
  • २०७७ आश्विन २, १४: ५४

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुई नेताबीच कांग्रेसभित्र देखिएको...

रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
  • २०७७ आश्विन २, १४: ५४

काठमाडौं : विनाशकारी बाढीपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को...

थेराङ खोलासहित बुढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति
थेराङ खोलासहित बुढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति
  • २०७७ आश्विन २, १४: ५४

गोरखा : उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बुढीगण्डकी र थेराङ खोलाको बाढीले दुई पुल र दुई जलविद्युत् आयोजना बगाएको छ...