नेप्से २७.८५ अंकले उकालो, कारोबार झन्डै ६ अर्ब रुपैयाँ – Naya Bikalpa
May 26, 2026, Tuesday      Epaper

नेप्से २७.८५ अंकले उकालो, कारोबार झन्डै ६ अर्ब रुपैयाँ

काठमाडौँ । नेप्से परिसूचक आज सोमबार २७.८५ अंकले बढेर २७८६.३५ विन्दुमा पुगेको छ । आजको कारोबारमा बजारमा सकारात्मक माहोल देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ३४२ कम्पनीका १ करोड ४५ लाख ४० हजार २२ कित्ता शेयर किनबेच हुँदा कुल ५ अर्ब ९८ करोड ६४ लाख १२ हजार ६०० रुपैयाँ बराबरको कारोबार भएको हो ।

आज म्युचुअल फण्ड बाहेक सबै उपसूचक हरियो भएका छन् । बजारमा जलविद्युत, बैंकिङ, विकास बैंक, होटल तथा अन्य समूहमा लगानीकर्ताको आकर्षण देखिएको थियो ।

कारोबारका क्रममा थ्री स्टार हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा बढी ९.०१ प्रतिशतले बढेको छ भने सुपर खुदी हाइड्रोपावरको शेयर ८.३२ प्रतिशतले उकालो लागेको छ ।

यता, बुंगल हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा बढी घाटा व्यहोरेका छन् । कम्पनीको शेयर मूल्य आज १०.३२ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा अन्खु खोला जलविद्युत कम्पनी अग्रस्थानमा रह्यो । कम्पनीको ६० करोड २० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । त्यस्तै, रिडी पावर कम्पनीको ३० करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सम्बन्धित समाचार

बजेट लेखन अन्तिम चरणमा
बजेट लेखन अन्तिम चरणमा
  • २०८३ जेष्ठ ११, १७: २७

काठमाडौं : सरोकारवाला निकायको महत्त्वपूर्ण सुझावलाई समेटेर अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट लेखनलाई करिब अन्तिम चरणमा पुर्‍याएको छ । अर्थमन्त्री...

तोलामा १३ सयले घट्यो सुनको मूल्य
तोलामा १३ सयले घट्यो सुनको मूल्य
  • २०८३ जेष्ठ ११, १७: २७

काठमाडौं : स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु एक हजार ३०० ले घटेको छ । सोमबार प्रतितोला रु दुई...

समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक
समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक
  • २०८३ जेष्ठ ११, १७: २७

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी...