इरानका पूर्व सर्वोच्च नेता खामेनीको अन्तिम संस्कार जुनमा हुने – Naya Bikalpa
June 9, 2026, Tuesday      Epaper

इरानका पूर्व सर्वोच्च नेता खामेनीको अन्तिम संस्कार जुनमा हुने

काठमाडौँ । अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा मृत्यु भएका इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको निधन भएको तीन महिनापछि औपचारिक अन्त्येष्टि गर्ने तयारी सुरु गरिएको छ।

खामेनीको गत फेब्रुअरी २८ मा तेहरानस्थित निवासलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको थियो।

इस्लामिक परम्पराअनुसार मृत्यु भएको केही दिनभित्रै अन्त्येष्टि गरिने चलन रहे पनि इरान सरकारले विशेष परिस्थितिका कारण अन्त्येष्टि कार्यक्रम स्थगित गरेको थियो।

इरानको सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै तेहरानका उपमेयर मोहम्मद अमिन ताभाकोली जादेहले  शवयात्रासहित ‘सुपुर्द–ए–खाक’ (अन्त्येष्टि) कार्यक्रम आयोजना गरिने र त्यसको तयारी विभिन्न सहरमा भइरहेको जानकारी दिएका छन्।

उनका अनुसार अन्त्येष्टि कार्यक्रम शिया मुस्लिम समुदायका लागि विशेष महत्व राख्ने शोक महिनाको सुरुआत अर्थात् ९ मुहर्रममा आयोजना गर्ने तयारी गरिएको छ। चन्द्र पात्रो (हिजरी क्यालेन्डर) अनुसार यो मिति मध्य जुनतिर पर्न सक्ने बताइएको छ।

हिजरी पात्रोको पहिलो महिना मुहर्रमलाई विशेषगरी शिया मुस्लिम समुदायले शोक र सम्झनाको समयका रूपमा मनाउने गर्दछन्। यसै अवधिमा खामेनीको अन्तिम संस्कार गरिने तयारीलाई इरानले राष्ट्रिय महत्वको कार्यक्रमका रूपमा अघि बढाएको जनाएको छ।

सम्बन्धित समाचार

फिलिपिन्समा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
फिलिपिन्समा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
  • २०८३ जेष्ठ २०, ०८: ४९

काठमाडौँ ।  फिलिपिन्समा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ। अमेरिकाको भूगर्भ सर्वेक्षण संस्थाका अनुसार भूकम्प जमिनको सतहबाट करिब...

अमेरिका–इरान तनाव चुलिँदै, राडार केन्द्रमा आक्रमण र क्षेप्यास्त्र अवरोधको दाबी
अमेरिका–इरान तनाव चुलिँदै, राडार केन्द्रमा आक्रमण र क्षेप्यास्त्र अवरोधको दाबी
  • २०८३ जेष्ठ २०, ०८: ४९

काठमाडौँ । अमेरिका र इरानबीचको तनाव झनै बढ्दै गएको छ। अमेरिकी सेनाले इरानका तटीय राडार केन्द्रहरूमा आक्रमण गरेको दाबी गरेको...

भारत–नेपाल सीमा समस्या द्विपक्षीय रूपमा समाधान गर्ने भारतको स्पष्ट धारणा
भारत–नेपाल सीमा समस्या द्विपक्षीय रूपमा समाधान गर्ने भारतको स्पष्ट धारणा
  • २०८३ जेष्ठ २०, ०८: ४९

एजेन्सी ।  भारतले नेपालसँगको द्विपक्षीय सम्बन्धमा कुनै पनि तेस्रो पक्षको भूमिका आवश्यक नभएको स्पष्ट पारेको छ। नियमित मिडिया ब्रिफिङमा भारतीय...